Aawaj Nepal
Aawaj Nepal

सितारा, इश्क में मरजावां, उडानसहित टीभी शो यसकारण बन्द हुँदै


आवाज नेपाल, २०७६ जेठ २३ बिहीबार


सितारा, इश्क में मरजावां, उडानसहित टीभी शो यसकारण बन्द हुँदै

 

काठमाडाै । नेपालमा भारतीय टीभी शो हेर्न अत्यान्तै रूचाउँछन् । सबैले राम्राे मानेर रूचाए पनि निकै चर्चित रहेका ४ सिरियल बन्द हुन लागेका छन्

१. उडान
सबैभन्दा पहिला बन्द हुन गइरहेको सिरियल हो–उडान । कलर्स च्यानलमा आउने यो लोकप्रिय शोले केही वर्षयता मानिसहरुलाई मनोरञ्जन दिँदै आएको थियो । तर, पछिल्लो समय शोको टीआरपी घटेसँगै निर्माताले यो शो बन्द गर्ने फैसला गरेका हुन् । समाचारमा बताइएअनुसार २१ जुनपछि उडान सिरियल बन्द हुनेछ ।

२. केशरी नन्दन
उडानपछि बन्द हुन गइरहेको अर्को सिरियलको नाम हो–केशरी नन्दन । यो शोको अन्तिम एपिसोड १२ जुनमा देखाइने बताइएको छ । घट्दो टीआरपीको कारण यो शोलाई ६ महीनामा नै बन्द गर्ने फैसला लिइएको हो ।

३. विष या अमृत–सितारा
कलर्समा आउने विष या अमृत–सितारा पनि बन्द हुने क्रममा छ । अदा खानले अभिनय गर्ने गरेको यो शो पनि बन्द हुने क्रममा रहेको हो । यो शो नागिन बराबरको लोकप्रिय हुन नसकेको हो । यसको स्थानमा अर्को सुपरनेचुरल शो विष प्रसारित हुनेछ । प्रोमोका अनुसार यो शो १० जुनदेखि देखाइनेछ ।

४. इश्क में मरजावां
कलर्समै आउने अर्को एक सिरियल इश्क में मरजावां भन्दा २८ जुनमा बन्द हुनेछ । यसको स्थानमा छोटी सरदारनी टीभीमा प्रसारित हुनेछ । यसअघि कलर्समा नागिन ३ पनि बन्द भएको थियो । त्यसका साथै एकता कपूरको सिरियल कसौटी जिन्दगी के २ ले पनि आशा गरिएअनुसार टीआरपी पाउन सकेको थिएन ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180