Aawaj Nepal
Aawaj Nepal

५१ औं दिनको संघारमा ‘ए मेरो हजुर ३’


आवाज नेपाल, २०७६ जेठ १७ शुक्रबार


५१ औं दिनको संघारमा ‘ए मेरो हजुर ३’

काठमाडौं– केही बर्षयता नेपाली फिल्मको व्यवसाय घट्दो छ । ‘छक्का पन्जा’ सिरिजको फिल्म लगायत केहीलाई छोडेर भन्ने हो भने प्रदर्शनमा आएका अधिकांश फिल्म डुबेका छन् । तर गत बर्षको अन्त्य अर्थात २९ चैतबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले भने राम्रो व्यवसाय गर्न सफल भएको छ ।

अभिनेता अनमोल केसी र नव अभिनेत्री सुहाना थापाको रोमान्स रहेको फिल्मले अहिलेसम्म ९ करोड ६३ लाख (ग्रस)को व्यापार गरेको निर्माता सुनिल कुमार थापाले जानकारी दिए । व्यवसाय राम्रो गर्न सफल यो फिल्मले प्रदर्शनको ५१ औं दिनको रेकर्ड समेत बनाउने तरखरमा छ । फिल्मले आइतबारबाट प्रदर्शनको ५१ औ दिन पार गर्ने निर्माता थापाको भनाई रहेको छ ।

‘एक सातामै फिल्म उत्रिएको समयमा ‘ए मेरो हजुरले ३’ ले ५१औ दिन मनाउनु राम्रो सफलता हो’ थापाले भने । उपत्यकाको केही हल र उपत्यका बाहिरको केही हलमा फिल्मले ५१ औं दिन मनाउन लागेको थापाको भनाई रहेको छ ।

स्वदेश प्रदर्शन राम्रो भएको फिल्मको अहिले विदेशको पनि डिमाण्ड बढेको छ । निर्देशक झरना थापा र अभिनेत्री सुहाना फिल्म प्रदर्शनमा लागि अहिले युरोपमा पुगेका छन् । युरोपको विभिन्न स्थानमा फिल्म प्रदर्शन भइरहेको उनीहरुले जानकारी दिए ।

नेपालमा प्रदर्शनको ५१ औं दिन मनाउने तरखर गरिरहँदा निर्माण युनिटले फिल्मको नयाँ गीत ‘राधे कृष्ण’ युट्युबमा सार्वजनिक गरेको छ । फिल्मको यो गीतमा अभिनेत्री सुहानाको परिचय गराइएको छ । प्रविशा अधिकारी र सुरज लामाको स्वर गीतमा छ । प्रतिक पौडेलको शब्द संगीत गीतमा छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180