Aawaj Nepal
Aawaj Nepal

नरेन्द्र मोदीले दोश्रो कार्याकालका लागि प्रधानमन्त्री पदको सपथ लिए


आवाज नेपाल, २०७६ जेठ १७ शुक्रबार


नरेन्द्र मोदीले दोश्रो कार्याकालका लागि प्रधानमन्त्री पदको सपथ लिए

एजेन्सी
एजेन्सी-भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले दोश्रो कार्याकालका लागि प्रधानमन्त्री पदको सपथ लिएका छन् । नरेन्द्र मोदीले आफुले दोश्रो कार्याकालका लागि प्रधानमन्त्री पदको सपथ लिनु केही दिनअघि गृहप्रदेश गुजराँतको गान्धीनगरस्थित घरमा पुगेर आमा हीराबेन मोदीसँग सपथ लिएका थिए ।

आमासँग आशिर्वाद थापेर फर्किए लगत्तै बिहीबार साँझ नरेन्द्र मोदीले प्रधानमन्त्री पदको सपथ लिए । नरेन्द्रले सपथ लिइरहँदा आमा हिराबेन के गरिरहेकी थिइन् होला ? यो सबैको जिज्ञासाको विषय हो ।
जब नरेन्द्र मोदी आठौं हजार पाहुनाका अघि उभिएर सपथ लिइरहेका थिए ।

त्यसबेला आमा हिराबेन गुँजरातस्थित आफ्नै घरमा टिभीमा रिमोर्ट घुमाइरहेकी थिइन् । छोराले प्रधानमन्त्री पदको सपथ लिँदा उनका आँखा र मुहारमा चमक देखिएको थियो । छोरा नरेन्द्र मोदीले सपथ लिइँरहँदा उनले ताली समेत बजाइरहेको देख्न सकिन्थ्यो ।

छोराले प्रधानमन्त्री पदको सपथ खाइरहेको दृष्य टिभीमा देखेर ताली बजाइरहेको तस्विर अहिले भारतीय सञ्चारमाध्यामहरुमा प्राथमिकताका साथ प्रकाशित भएका छन् ।प्रधानमन्त्री पदको सपथ लिनुअघि आमालाई भेट्न गएका मोदीले आशिर्वाद थाप्नुका साथै सगुन समेत पिएर फर्किएका थिए ।

छोरो दोश्रो पटक पनि प्रधानमन्त्री भएपछि निकै हर्षित मुद्रामा रहेकी हिराबेन आफ्नौ पुख्र्यौली घर गान्धीनगरमै बस्दै आएकी छिन् ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180