Aawaj Nepal
Aawaj Nepal

बजेटः वृद्ध भत्ता, सांसद कोष, कर्मचारीको तलब बढाउनेलगायत ‘लोकप्रियतामुखी’ कार्यक्रमलाई रकम


आवाज नेपाल, २०७६ जेठ १५ बुधबार


बजेटः वृद्ध भत्ता, सांसद कोष, कर्मचारीको तलब बढाउनेलगायत ‘लोकप्रियतामुखी’ कार्यक्रमलाई रकम

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको छ ।

बुधवार संघीय संसदको संयुक्त बैठकलाई सम्वोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले वृद्ध भत्ता बढाउने, सांसद कोष बढाउने, कर्मचारीको तलब बढाउने लगायतका ‘लोकप्रियतामुखी’ बजेट ल्याएका हुन् ।

यसमध्ये चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने पूँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ खर्च छुट्याएको छ । सामाजिक सुरक्षा भत्तादेखि सांसदलाई बजेटसम्मका कार्यक्रम समेटेर सरकारले लोकप्रिय बजेट ल्याएको छ ।

बजेटको स्रोत जुटाउन सरकारले राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड उठाउने, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड जुटाउने योजना छ । अपुग ४ खर्ब रुपैयाँ मध्ये २ खर्ब ९८ अर्ब वैदेशिक ऋणबाट र अरु१ खर्ब ९५ अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिने बजेटमा उल्लेख छ ।

सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट मार्फत् वृद्धभत्ता बढाएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संघीय संसदका दुबै सदनमा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै यो घोषणा गरेका हुन् ।

आउँदो वर्षको बजेटमा सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक भत्ता बढाएर ३ हजार पुर्याएको हो । यसअघि वृद्धभत्ता मासिक २ हजार रुपैयाँ थियो ।

सरकारले घोषणा गरेका कार्यक्रमहरु 

प्रत्येक विद्यालयमा स्यानिटरी प्याडको व्यवस्था गरिने ।

९२ प्रतिशत नागरिक आधारभुत खानेपानीको पहुँचमा पुग्ने ।

आउँदो आर्थिक वर्षमा मेलम्चीको पहिलो चरणको पानी काठमाण्डौ ल्याउने । यसका लागि ७ अर्ब ३९ करोड रुपैयाँ छुट्याइयो ।

सरकारले खानेपानी र सरसफाइको क्षेत्रमा ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

श्रम तथा रोजगारीको लागि ७ अर्ब १४ करोड रुपैयाँ छुट्याइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मात्रै ५ अर्व १ करोड छुट्याइयो ।
बेरोजगार सूचीमा सूचीकृत भएका युवालाई स्थानीय स्तरमै विकास निर्माणको काममा लगाइने । साथै आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अन्तर्गत युवा परिचालन गर्ने ।

सार्वजनिक स्थल र सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा । सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाइने ।

महिला स्वास्थ्य स्वयं सेविकाको वार्षिक भत्ता बढाइयो । स्वास्थ्य स्वयं सेविकाले वार्षिक थप ३ हजार रुपैयाँ यातायात भत्ता पाउने ।

विपन्न नागरिकलाई निःशुल्क उपचार गर्न २ अर्ब २० करोड बजेट छुट्याइयो ।

गर्भवती जाँच र सुत्केरी भत्ताको लागि सरकारले २ अर्ब २२ करोड ।

स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजित ।

शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजित । विकासका लागि शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको भन्दै १ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्रीको भनाइ ।

आगामी वर्षमा साक्षर घोषणा हुने जिल्लाको संख्या ७० पुर्याइने । सबै बालबालिकालाई निःशुल्क शिक्षा र सबैजसो जिल्लालाई साक्षर गरिने ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि राष्ट्रपति शैक्षिक कोष सञ्चालन गरिने ।

वि.स. २०८५ सम्मलाई शिक्षा सुधारको दशक बनाउने । यसका लागि ८ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन ।@विपन्न र अपांगताका भएका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर ३ अर्ब १९ करोड रुपैयाँ छात्रवृत्तिका लागि विनियोजन । स्थानीय तहमा रहेका विद्यालयलाइ समायोजनका लागि ४७ करोड रुपैयाँ बजेट विनियोजन ।

शिक्षण सिकाइमा १ अर्ब ५० करोड, रंगीन पाठ्यक्रमको व्यवस्था गर्न २ अर्ब २१ करोड बजेट विनियोजन । हरेक स्थानीय तहमा एउटा प्राविधिक विद्यालय खोल्ने योजनाअनुसार यस वर्ष २ सय १२ स्थानीय तहमा प्राविधिक विद्यालय स्थापना गर्न २६ करोड बजेट विनियोजन ।

४३ जिल्लाका आधारभूत तहका विद्यार्थीलाई दिवा खाजा खुवाउन ५ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन । गएको वर्ष १० वटा जिल्लामा दिवा खाजाका लागि २७ करोड बजेट विनियोजन गरिएको थियो ।

उच्च शिक्षाको विकासका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन । यो बजेट विश्वविद्यालय सेवा आयोगमार्फत खर्च गरिने । सबै विद्यालयमा विज्ञान प्रयोगशाला बनाइने ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180