Aawaj Nepal
Aawaj Nepal

आर्थिक वर्ष २०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख


आवाज नेपाल, २०७६ जेठ १५ बुधबार


आर्थिक वर्ष २०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख

काठमाडौं–सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ को वार्षिक बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ।

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा बुधबार सार्वजनिक गरेको बजेट भाषणअनुसार चालू तर्फ ९ अर्ब ५७ लाख १० करोड १४ अर्थात ६४. ४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

यस्तै पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थातर्फ १ खर्ब ६८ अर्ब ८५ करोड ९८ लाख बजेट रहेको छ।

यस्तै आगामी आर्थिक वर्षका लागि अनुमानित खर्चको स्रोतका लागि राजश्वबाट ९ अर्ब ८१ अर्ब १३ करोड ८३ लाख तथा वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ३३ लाख प्राप्त गरिँदा पनि बजेटमा ४ अर्ब ९३ अर्ब ८३ करोड ३३ लाख कम हुनेछ ।

जुन न्यून पूर्तिका लागि वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८६ करोड ३३ लाख जुटाइनेछ ।

राजश्व र वैदेशिक अनुदान तथा ऋणबाट पनि अपुग हुने १ खर्ब ९५ अर्ब आन्तरिक ऋणबाट व्यवस्थापन गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180