Aawaj Nepal
Aawaj Nepal

कोरिया भाषा परीक्षाका लागि ३२ वटा केन्द्र तोकिए


आवाज नेपाल, २०७६ जेठ १० शुक्रबार


कोरिया भाषा परीक्षाका लागि ३२ वटा केन्द्र तोकिए

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ ।

सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सजिलोका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको एपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा २१, ललितपुरमा सात र पोखरामा चारवटा परीक्षा केन्द्र तोकिएको छ ।

आवेदकको परीक्षा केन्द्रबारे जेठ १९ गते विस्तृत विवरण प्रकाशित गरिने शाखाले जनाएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180