काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले चिनियाँ स्र्माट मोबाइल हुवावेका सबै प्रकारको सेवा बन्द गर्ने निर्णयले नेपाली ग्राहकहरूमा असर पुग्ने देखिएको छ।
अमेरिका–चीन व्यापारयुद्ध जारी रहेको अवस्थामा अमेरिकी प्रविधि कम्पनीले हुवावेईलाई लगाएको प्रतिबन्धसँगै विश्व बजार तरङ्गित बन्न पुगेको छ। प्रयोगकर्ताहरुले प्रयोग गर्दै आएका गुगलको सर्भिस जीमेल,गुगल म्याप, गुगल प्लेस्टोर र युट्युव जस्ता धेरै गुगल एप्सहरु एन्ड्रोएडबाट हटाउने भएको छ । जसले गर्दा मोबाइल प्रयोगकर्ताहरुलाई कठिन अवस्थाको सिर्जना हुने देखिन्छ ।
नेपालमा सामसुङपछि हुवावे दोस्रो ठूलो स्मार्ट मोबाइल विक्रि हुने कम्पनि हो । गुगलको यो निर्णयले हजारौ नेपाली स्मार्ट मोबाइल ग्रहाकहरुमा ठूलो असर पुग्ने भएको छ । यसकाे नेपालमा १५ प्रतिशत शेयर बजार रहेको छ । अमेरिकाले आफ्नो उत्पादनहरु हुवावेका लागि प्रतिबन्ध लगाएकाे छ । एफपको रिपोर्टअनुसार गत वर्ष हुवावेले लगभग २०३ मिलियन मोबाइलहरु बेचेको थियो ।
नेपालमा हुवावेको राम्रो व्यापार रहेकोले मोबाइलको एप्सहरु नहटाउन अग्रह गरेको छ ।कम्पनीलाई चाँडै यो समस्याको समाधान गर्न माग गरिएको छ ।