Aawaj Nepal
Aawaj Nepal

आज मदन भण्डारीको स्मृती दिवस, अहिले सम्म हत्यारा पत्ता लगाउँन नसके पनि स्मृती दिवस भने मनाउँदै नेकपा


आवाज नेपाल, २०७६ जेठ ३ शुक्रबार


आज मदन भण्डारीको स्मृती दिवस, अहिले सम्म हत्यारा पत्ता लगाउँन नसके पनि स्मृती दिवस भने मनाउँदै नेकपा

आज जेठ ३ । अर्थात् मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । मदन र जीवराजलाई आफ्नो आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन् ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म कुनै तथ्य सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।

विचार, वाकपटुतालगायत कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद विकास गरेका थिए । एमाले र माओवादी केन्द्र एकीकृत भएर निर्माण भएको पार्टी नेकपामा अहिले यसलाई अंगीकार गर्नेबारे बहस छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180