Aawaj Nepal
Aawaj Nepal

करणको थारु भाषाको गीत


आवाज नेपाल, २०७६ जेठ २ बिहीबार


पछिल्लो समय थारु गीत संगीतले पनि राम्रो बजार पाउन थालेका छन् । यस्तैमा थारु गीत ‘कहे हम नही सकछुन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा मोडल मार्टिना चौधरीका साथमा गायक करणले अभिनय गरेका छन् ।

प्रेमलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको म्यूजिक भिडियो रत्न जोशीले निर्देशन गरेका हुन् । गीतमा गायक करण चौधरी र गायिका अनुमा चौधरीको स्वर रहेको छ । राज संघर्षको शब्द, बल बहादुर राजवंशीको संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको गीतको म्युजिक भिडियो मकवानपुर जिल्लाको रमणिय स्थल कुलेखानी ड्याम साइटमा छायांकन गरिएको हो ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180