Aawaj Nepal
Aawaj Nepal

मलेसियाको तीन ठुला शहरमा आगामि जुन ५ देखि दिमालुङ कन्सर्ट हुँदै


आवाजनेपाल, २०७६ वैशाख ३१ मंगलबार


मलेसियाको तीन ठुला शहरमा आगामि जुन ५ देखि दिमालुङ कन्सर्ट हुँदै

पि के आर

मलेसिया । हरिरायको अवसर पारेर सुन्दर नगरीय ठाउँ हरु जोहोर बारु , मलाक्का , र बातुपहाड को प्रमुख तीन शहरहरुमा दिमालुङ कन्सर्ट ३ (२०१९) नामक सांगीतिक कार्यक्रम हुने भएको छ।

हरिरायको अवसर पारेर किरात यायोक्खा क्षेत्रीय समिती जोहोर र जन संघर्ष युवा मच को संयुक्त आयोजना मा गर्न लागेको उक्त सांगीतिक कार्यक्रममा पाँच जना नेपालका चर्चित कलाकारहरु ले आ–आफ्नो प्रस्तुती दिने भएका छन् ।

उक्त कार्यक्रम यही जुन, ५ तारिख जोहोर बारु को न्युयोर्क होटेल हल जुन, ६ तारिख मलाक्का को Skj (C) pay teck हल ओसिएन र जुन ७ तारिख Sjk चाईनिज स्कुल हल बाटुपाहाट मा हुने कार्यक्रममा उनीहरुको बेजोड प्रस्तुती रहने बताइएको छ । सो कार्यक्रमको प्रमुख प्रायोजक गोर्खाली रेस्टुरेन्ट का प्रोपाईटर ( मोहोन राई ) र मलेसिया का प्रतिष्ठित कम्पनी ( sponsor U mobile ) यसैगरी ( सिटि एक्स्प्रेस मनि ट्रान्सफर ) को प्रमुख प्रायोजन रहेको छ ।

सो कार्यक्रममा नेपालबाट आउने चर्चित कलाकारहरु धेरै नै दर्शक स्रोताहरु को मन मस्तिष्क मा बस्न सफल गायक राई ईज किङ राजेश पायल राई ,चर्चित गायिका टीका प्रसाई , नेपाल आईडल सिजन एक का सेकेन्ड रनर अप गायक निशान भट्टराई , यसैगरी हास्य कलाकार फुलन्दे कि आमाज (उमेश राई ) , मोडल आरुशी मगर ,को बेजोड प्रस्तुती रहनेछ भने साथमा प्रवासमा रहेका स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने कार्यक्रम का मुख्य आयोजक कमिटी का सर्गम राई मनोज राई रमेश तामाङ र सोम स्याङ्तान लामा ले जानकारी दिए ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180