Aawaj Nepal
Aawaj Nepal

प्रधानमन्त्री ओली भियतनामबाट कम्बोडिया प्रस्थान


आवाज नेपाल, २०७६ वैशाख ३० सोमबार


प्रधानमन्त्री ओली भियतनामबाट कम्बोडिया प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् ।

भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख २६ गते भियतनाम पुगेका थिए ।

भियतनाम भ्रमणका क्रममा दुई देशबीच कूटनीतिक तथा विशेष राहदानी बहाकहरुलाई भिसा छुट र द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

त्यस्तै दुई मुलुकबीच व्यापार तथा लगानी साझेदारी फ्रेमवर्कसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्न छलफललाई अगाडि बढाउन लेटर अफ इन्टेन्टमा दुई मुलुकका अधिकारीहरुले हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्री स्तरीय वार्तामा दुई देशबीच पराम्परागत मैत्री सम्बन्ध थप प्रगाढ बनाउँदै उच्चस्तरीय भ्रमण बढाउँदै लैजाने विषयमा छलफल भएको थियो ।

कम्बोडियाको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका आफ्ना समकक्षी हुन सेनसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।

औपचारिक वार्तापछि कम्बोडियाली प्रधानमन्त्रीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्नेछन् ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180