Aawaj Nepal
Aawaj Nepal

सत्यमोहन जोशीको एक सय वर्षको जन्मदिनको अवसरमा आज ललितपुरमा सार्वजनिक बिदा


आवाज नेपाल, २०७६ वैशाख ३० सोमबार


सत्यमोहन जोशीको एक सय वर्षको जन्मदिनको अवसरमा आज ललितपुरमा सार्वजनिक बिदा

ललितपुर – वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष पुगेको उपलक्ष्यमा उहाँको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन् ।

महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य सङ्घसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत जानकारी गराइएको छ ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न हुनुभएकाले महानगरले सोमबार बिदा दिने तथा उहाँका नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको जानकारी दिनुभयो ।

पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ । गत वर्ष नै ललितपुर महानगरपालिकाले उहाँलाई एक सुरक्षाकर्मी, मोबाइल र सवारी साधन प्रदान गरेको थियो ।

यसैबीच ललितपुर महानगरपालिकाले साेमबार शताब्दी पुरुष सत्यमोहन जोशीकाे जन्म शताब्दीका अवसरमा विशेष कार्यक्रमकाे आयाेजना पनि गरेकाे छ ।

 

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180