Aawaj Nepal
Aawaj Nepal

उपाधी भिडन्तमा सन्दीपले खेल्ने प्रवल सम्भावना


आवाजनेपाल, २०७६ वैशाख २९ आइतबार


उपाधी भिडन्तमा सन्दीपले खेल्ने प्रवल सम्भावना

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटको ‘इलिमिनेटर’ खेलमा बुधबार राति दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद खेल्दैछन् ।

राति सवा ८ बजेदेखि विशाखापट्नममा हुने खेलको विजेता दोस्रो ‘क्वालिफायर’मा पुग्नेछ भने पराजित हुने टिम प्रतियोगिताबाटै बाहिरिनेछ ।

दिल्ली सात वर्षमा पहिलोपटक ‘प्लेअफ’मा पुगेको हो । हैदरावाद साविक उपविजेता टिम हो ।

लिगमा दुवै टिमले आपसमा एक/एक खेल जितेकाले पनि इलिमिनेटर खेल रोमान्चक हुने अपेक्षा गरिएको छ ।

सन्दीपको सम्भावना

नेपाली क्रिकेटर सन्दीप लामिछानेले दिल्लीबाट यो खेल खेल्ने सम्भावना तीव्र रहेको छ ।

दिल्लीका तीन स्पिनरहरु अमित मिश्रा, अक्षर पटेल र सन्दीपले खेल्ने अपेक्षा गरिएको छ । अमित र अक्षरले समान ९/९ विकेट लिँदा सन्दीपले ६ खेलबाट ८ विकेट लिइसकेका छन् ।

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससित खेल्नेछ । चेन्नईले पहिलो क्वालिफायर खेलमा मंगलबार राति मुम्बई इन्डियन्ससित ६ विकेटको हार व्यहोरेको थियो ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180