Aawaj Nepal
Aawaj Nepal

व्यवसायिक रेसलर सिल्भर किंगको रेसलिङ खेल्दाखेल्दै रिङ भित्रै मृत्यु


आवाजनेपाल, २०७६ वैशाख २९ आइतबार


व्यवसायिक रेसलर सिल्भर किंगको रेसलिङ खेल्दाखेल्दै रिङ भित्रै मृत्यु

एजेन्सी
डब्ल्यूसीडब्ल्यूका पूर्व रेसलर एवं ज्याक फ्ल्याक नामक फिल्ममा अभिनय गरेका सिल्भर किंगको लण्डनमा आयोजित दर्शकले खचाखच भरिएको एक कार्यक्रममा मृत्यु भएको छ ।

सन् २००६ मा कमेडी नाचो लिब्रेमा समेत अभिनय गरिसकेका सिल्भर किंग उत्तर लण्डनको क्याम्डेनस्थित राउन्डहाउस थिएटरमा आफ्नो प्रस्तुती दिइरहेका थिए ।

वास्तविक नाम कवाहतेमोक गोन्जालेज ब्यारोन भएका मेक्सीकेली रेसलर रेसलिङ खेल्दाखेल्दै एकाएक लडे । सुरुमा दर्शकले त्यो प्रस्तुतीकै एउटा पाटो सम्झिए ।

द वर्ल्ड रेसलिङ काउन्सिलले आफ्नो ट्वीटर अकाउन्टमा उनको मृत्युबारे पुष्टि गरेको छ ।

सिल्भर किंग शनिबार रातीको उक्त कार्यक्रममा डब्ल्यूडब्ल्यूईका पूर्व स्टार ‘द जुस’ गुएरेरासँग भिडिरहेका थिए ।

उनी लडेको केही समयपछि अन्य रेसलेरले उनलाई घेरे र उनको छातीमा थिच्न थाले । त्यसपछि दर्शकलाई उक्त हलबाट निकालियो ।

एक प्रत्यक्षदर्शीले भने, ‘उनीहरु रेसलिङ खेलिरहेका थिए, एकाएक केही विपत् आइलाग्यो ।’

‘उनीहरु रेसलिङ खेलिरहेका बेला एकाएक माहौल परिवर्तन भयो । सिल्भर किंगको छातीमा अन्य रेसलरहरुले बेस्सरी थिचिरहेका थिए ।’

‘अन्य रेसलर रिङ भित्रै तत्काल पुगे । दृश्य निकै भयानक थियो । उनीहरुले त्यहाँबाट सबैलाई निकाले तर घटना भएको २० मिनेट बितिसक्दा पनि एम्बुलेन्स देखिएको थिएन,’ द सनले भन्यो ।

एक प्रत्यक्षदर्शीका अनुसार त्यहाँ थुप्र बालबालिकाको उपस्थिती थियो । त्यहाँ केही गम्भीर घटना भएको भनेर चाल पाउन दुई मिनेट पनि लागेन ।

सबैभन्दा ठूलो शो लुचा लिब्रेमा आफ्नो प्रस्तुती दिइरहेका सिल्भर किंगले सन् १९९७ देखि २००० मा वर्ल्ड च्याम्पियन रेसलिङमा पनि भाग लिएका थिए ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180