Aawaj Nepal
Aawaj Nepal

सात महिनाको छोरालाई पसलको काउन्टरमा राखेर बुवाले भने, ‘यसको धेरै प्रयोग भएको छैन, धितो राखेबापत् कति पाउँछु ?’


आवाजनेपाल, २०७६ वैशाख २९ आइतबार


सात महिनाको छोरालाई पसलको काउन्टरमा राखेर बुवाले भने, ‘यसको धेरै प्रयोग भएको छैन, धितो राखेबापत् कति पाउँछु ?’

अमेरिकाको फ्लोरिडामा एक व्यक्तिलाई पसलेसँग गरेको ठट्टाले समस्यामा पारेको छ । ब्रायन स्लोकम गत हप्ता आफ्ना सात महिनाका छोरालाई लिएर एउटा पन शप (यस्तो पसल जहाँ सामान बेच्ने वा धितो राख्ने गरिन्छ) पुगे । त्यहाँ उनले बच्चालाई ट्रलीबाट निकालेर काउन्टरमा राख्छन् र पसलेलाई छोरा राखिदिन अफर गर्छन् । ब्रायनले यो काम ठट्यौली पारामा गरेका थिए तर पसलले यसबारे पुलिसलाई जानकारी दिए । तत्पश्चात् पुलिसले रिचर्डलाई पक्राउ गर्‍यो ।

यो घटनाको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यसमा रिचर्ड आफ्ना छोरालाई काउन्टरमा राखिरहेको देख्न सकिन्छ । उनले पसलका मालिक रिचर्ड जोर्डनलाई भन्छन्, ‘मेरो छोरा सात महिनाको भयो । यसको धेरै प्रयोग पनि भएको छैन । म यसलाई धितो राख्न चाहन्छु किनभने मलाई यसबाट छुटकारा चाहिएको छ । यसबापत् मैले कति पाउँछु ?’

‘छोरालाई धितो राख्ने कुरा गर्दा निकै गम्भीर थिए पिता’

रिचर्डले ब्रायनको यो मजाक बुझेनन् र उनले पुलिसलाई यसबारे जानकारी दिए । रिचर्डले एक स्थानीय समाचार च्यानललाई ब्रायन आफ्ना छोरालाई धितो राख्ने कुरामा निकै गम्भीर भएको बताए । उनले भने, ‘उनले आफ्नो छोरालाई केही बेर उफारेर खेलाए र काउन्टरमा राखेर सोधे, ‘के म यसलाई धितो राख्न सक्छु ?’’

पुलिसले सिसिटीभी फुटेज जारी गर्‍योः

पसलेबाट पाएको जानकारी पछि पुलिसले ब्रायनको खोजीका लागि सिसिटिभीको विज्ञापनसमेत जारी गर्यो । यद्यपी, जब ब्रायनले आफूलाई पुलिसले खोजिरहेको थाहा पाए तब उनी आफैंले पुलिसलाई सम्पर्क गरे । त्यसपछि पुलिसकाए एउटा समूह उनको घर पुग्यो र उनलाई हिरासतमा लिए ।

आपराधिक मामला दर्ता गरिएनः

सोधपुछको क्रममा ब्रायनले ठट्टाको रुपमा यस्तो भनेको स्पष्टिकरण दिए । उनी यसलाई सोसल मिडियामा सेयर मात्र गर्न चाहेको बताए । पुलिसले ब्रायनमाथि कुनै मुद्दा दर्ता गरेन् । यद्यपी, अमेरिकाको सोसल सर्भिसलाई बच्चामाथि निगरानी राख्न निर्देशन दिएको छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180