Aawaj Nepal
Aawaj Nepal

अमेरिकाद्वार पहिलो पटक उत्तर कोरियाली जहाज जफत, सम्बन्धमा थप तनाव बढ्न सक्ने


आवाज नेपाल, २०७६ वैशाख २७ शुक्रबार


अमेरिकाद्वार पहिलो पटक उत्तर कोरियाली जहाज जफत, सम्बन्धमा थप तनाव बढ्न सक्ने

अमेरिकाले उत्तर कोरियाको मालवाहक समुद्री जहाज जफत गरेको छ । उक्त जहाजले अन्तरराष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको अमेरिकाले आरोप लगाएको छ ।

अमेरिकाको न्यायिक विभागले उक्त जहाजमा कोइला लैजादैँ गरेको जानकारी दिएको छ । उत्तर कोरिया कोइलाको ठूलो निर्यातकर्ता हो तर संयुक्त राष्ट्रले भने यसको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

यो जहाजलाई यसअघि अप्रिल २०१८ मा पनि इन्डोनेशियामा जफत गरिएको थियो ।

अमेरिकाले प्रतिबन्धलाई उल्लंघन गरेको आरोपमा उत्तर कोरियाको कुनै पनि जहाज जफत गरेको यो पहिलो घटना हो । यो कदमले दुई देशबीचको सम्बन्धमा थप तनाव बढ्न सक्ने आशंका गरिएको छ ।

यो वर्षको फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच असफल भेटवार्ता भएको थियो । अमेरिका उत्तर कोरियालाई परमाणु कार्यक्रम बन्द गर्न भनिरहेको छ भने उत्तर कोरियाले अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धलाई हटाउनुपर्ने माग गरेको छ ।

उत्तर कोरियाको परमाणु परीक्षणः

यसबीच पछिल्लो पाँच दिनभित्र उत्तर कोरियाले दुईपटक परमाणु परीक्षण गरेको छ । यी परीक्षणमार्फत् उत्तर कोरिया अमेरिकामाथि दबाब बढाउन चाहिरहेको बताइएको छ ।

उत्तर कोरियामा अमेरिकाका विशेष प्रतिनिधी स्टिफन बिगन अहिले दक्षिण कोरियामा छन् । उनको यो भ्रमणको उद्देश्य उत्तर कोरियालाई पुनः परमाणु निश्शस्त्रीकरणतर्फ लैजाने विषयमा चर्चा गर्नु हो ।

उत्तर कोरियाली जहाज, ‘द भोइस अनेस्ट’ अब अमेरिकाको नियन्त्रणमा छ ।

अमेरिकाका अटर्नी जिओफ्री एस वर्मनले यसबारे भनेका छन्, ‘हामीले उत्तर कोरियाको योजनाबारे पत्ता लगाएका छौं । उत्तर कोरियाले प्रतिबन्धपश्चात् पनि ठूलो परिमाणको कोइलालाई विदेशी खरिदकर्तासम्म पुर्याउँदै आएको छ ।’

‘यो योजना अनुसार उत्तर कोरियाले आफूमाथि लागेको प्रतिबन्ध तोड्नुका साथै द भोइस अनेस्टलाई भारी मसिनलाई उत्तर कोरियामा आयात गर्नका लागि पनि प्रयोग गरिरहेको छ भन्ने पत्ता लागेको छ ।’

द भोइस अनेस्टको मर्मत सम्भारका लागि जति खर्च हुन्छ त्यो अमेरिकी डलरमा कुनै अज्ञात बैंकमार्फत् गरिने आरोपसमेत लाग्ने गरेको छ । यो आरोप अनुसार अमेरिकी अधिकारीले सिभिल कानून अनुसार यो जहाज जफत गर्ने मौका पायो ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180