Aawaj Nepal
Aawaj Nepal

चावहिल–साँखु सडक तत्काल कालोपत्र गर्न ६ बुँदे सहमति


आवाज नेपाल, २०७६ वैशाख २६ बिहीबार


चावहिल–साँखु सडक तत्काल कालोपत्र गर्न ६ बुँदे सहमति

साँखु– चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका भन्दै आन्दोलरत पक्ष र स्थानीय प्रतिनिधिसहित ठेकदार कम्पनीसँग ६ बुँदे सहमति भएको छ । सो सडक खण्डमा कालोपत्र नहुँदा सर्वसाधारण मर्कामा परेको र तत्काल कालोपत्र हुनुपर्ने माग गर्दै बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले आन्दोलको घोषणा गरेका थिए ।

बिहीबार साँझ आन्दोलनरत पक्षसहित काठमाडौं महानगरपालिका वडा नम्बर ६, ठेकेदार कम्पनी युनाइटेड विल्डिर्स, महानगरीय प्रहरी वृत्त बौद्ध र टुसाल युवा क्लबबीच ६ बुँदे सहमति भएको हो ।

बिहीबार पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको थियो ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180