Aawaj Nepal
Aawaj Nepal

‘यसरी भएको थियो प्रचण्डसँग मेरो विवाह’


आवाजनेपाल, २०७६ वैशाख २६ बिहीबार


‘यसरी भएको थियो प्रचण्डसँग मेरो विवाह’

नेकपाका अध्यक्ष प्रचण्ड तथा उनका धर्मपत्नी सीता पौडेलबीच विवाह भएको ठीक ५० वर्ष पुगेको छ । विवाहको सुनौलो वर्षगाँठको यो अवसरमा प्रचण्ड–सीता दम्पत्तिबीच पुनः सिन्दुर हालेर विवाहको कार्यक्रम आज बेलुकी ५ बजेतिर सम्पन्न हुने कार्यक्रम रहेको छ । यसै सन्दर्भमा प्रचण्ड र सीताबीच कसरी विवाह भएको थियो ? हिजोका कठीन भूमिगत कालहरुमा पारिवारिक गर्न केकस्ता कठिनाईहरु भोग्नु परेको थियो ? युद्धकालका सर्वोच्च कमाण्डर प्रचण्डका पत्नी सीताको भूमिका के कस्तो रहेको थियो ? लगायतका सन्दर्भमा सीता पौडेल दाहालसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईंहरुको पनि निकै छिटो विवाह भएको रहेछ । कसरी विवाह भएको थियो, मागी विवाह नै हो ?

त्यो बेला गाउँघरमा त्यस्तै छिट्टै विवाह गर्ने चलन थियो । विवाहभन्दा पहिला हाम्रो चिनाजानी थिएन । पहाडमा हाम्रो घर एक्कैठाउँमा जस्तो रहेछ । उहाँको कास्की, ढिकुर पोखरी र मेरो हेङजामा घर थियो । हिँडेर जाँदा एकघण्टा लाग्छ होला । उहाँका र मेरा बुबाहरू एउटै सालमा पहाडबाट झर्नुभएको रहेछ । हाम्रो चितवनकै सुन्दरवस्ती गाउँ र उहाँको भिमसेन नगर भन्ने बसाइँ सर्नुभएको हो । त्यहाँ पनि हिँडेर आउन–जान बीसमिनेट समय लाग्छ । हाम्रो केही नाता पनि पर्छ, मावलीपट्टि वा कताबाट अलिकति सम्बन्ध थियो । तर पहिला नै हाम्रो चिनजान त थिएन । मलाई माग्न त धेरै ठाउँबाट आएका थिए । तर मेरो मामाले उहाँसँग नै विवाह गरिदिनुपर्छ भनेर जोड गरेपछि हाम्रो विवाह भएको हो । विवाहको कुरा चलिसकेपछि कहिलेकाहीँ बाटोमा हाम्रो भेट हुन्थ्यो । मेरो केटा यही हो भन्ने हुन्थ्यो तर बोलचाल भने हुँदैनथ्यो । वास्तवमा हाम्रो विवाह भएको लामो समयपछि मात्रै बोलचाल भयो । उहाँ पनि केटाकेटीमा लाज मान्ने, म पनि झन् महिला ।

अध्यक्षको पारिवारिक भूमिका कस्तो रह्यो ?

हाम्रो बिहे हुँदा उहाँ पन्ध्रवर्षको हुनुहुन्थ्यो । त्यसपछि मात्रै हाम्रो भेट भएको यो । बिहेपछि केटाकेटीदेखि नै सँगै जन्मेको, सँगै हुर्केकोजस्तो भयो । सानैमा विवाह भएकोले हामीहरू साथी र दिदीभाइजस्तो थियौं । म गएपछि थाहा भयो, उहाँले घरका भाइबहिनीलाई गर्ने व्यवहार राम्रो थियो । घरमा दिदीबहिनी र दाजुभाइमा त्यस्तो झगडा हुँदैनथ्यो । गाउँमा कतै–कतै झगडा हुँदाखेरी वृद्ध काँइली आमाले उहाँलाई देखाएर भन्नुहुन्थ्यो, यसले झुठो बोल्दैन, झगडा मिलाई दिन्छ । छोराछोरीलाई दिने समय त दिनुभएन । मैले र उहाँ दुवैले दिन सकेनौं भन्दा हुन्छ । राजनीतिमा लागेपछि त्यस्तै भयो ।

छोराछोरीसँगको उहाँको व्यवहार कस्तो पाउनुभएको छ ?

उहाँले छोरा–छोरीलाई कहिल्यै नियन्त्रण गर्नुभएन । सामन्तवादीहरुले गर्ने जस्तो नियन्त्रण त हुने कुरै आएन । उनीहरुसँग पनि साथीभाइजस्तै ठट्टामजा नै गर्नुहुन्छ । छोराछोरी र बुबाको जस्तो दूरी छैन ।

तपाईं कसरी राजनीतिमा लाग्नुभयो नि ?

उहाँले मलाई के बुझाउनुभएको थियो भने, यो राजनीति भनेको यस्तो चिज हो, यसले पीडित महिलालाई अधिकार हुन्छ । कम्युनिष्ट समाज धनी गरिब हुँदैन, सबै बराबर हुन्छ, त्यसका लागि लड्नुपर्छ । यो कुरा बुझेपछि राजनीति भन्ने चिज ठीक रहेछ भन्ने कुरा भित्रसम्म गहिरो प्रभाव प¥यो ।

एउटा श्रीमतीको भूमिका पनि खेलें, एउटा महिला भएको नाताले आमाले खेल्ने भूमिका पनि प्रशस्तै खेलेँ । विहे हुँदा उहाँ दसकक्षामा पढ्दै हुनुहुन्थ्यो । त्यो बेलादेखि नै ‘यो गर्नुहोस्, त्यो नगर्नुस्’ भन्थें । एउटी आमाले बच्चालाई ‘तिमीले नहाउनुपर्छ, नुहाऊ’ भनेजस्तै श्रीमान् भएपनि सुझाव दिने गर्दथें ।
हिजो उहाँलाई पन्ध्रवर्षको उमेरमा पाउँदा र अहिले देशको महङ्खवपूर्ण नेताको रुपमा पाउँदा कस्तो अनुभूति भइरहेको छ ?

बच्चादेखि नै संगत भएकोले त्यस्तो ठूलो र अनौठो केही महसुस भएको छैन । एउटा श्रीमतीको भूमिका पनि खेलें, एउटा महिला भएको नाताले आमाले खेल्ने भूमिका पनि प्रशस्तै खेलेँ । विहे हुँदा उहाँ दसकक्षामा पढ्दै हुनुहुन्थ्यो । त्यो बेलादेखि नै ‘यो गर्नुहोस्, त्यो नगर्नुस्’ भन्थें । एउटी आमाले बच्चालाई ‘तिमीले नहाउनुपर्छ, नुहाऊ’ भनेजस्तै श्रीमान् भएपनि सुझाव दिने गर्दथें ।

अध्यक्षको सबभन्दा राम्रा वा नराम्रो बानी के होलाजस्तो ठान्नुभएको छ ?

नराम्रो नै भन्ने त त्यस्तो केही देखेको छुइनँ । तर पनि सामान्यतया त्यस्तो अवगुण हुँदै नहुने कुरा भएन । संसारमै नभएको चिज हामीसँग मात्रै हुने कुरा पनि होइन । कहिलेकाहीँ उहाँ अलि झट्ट रिसाउनेजस्तो गर्नुहुन्छ । उहाँको राम्रो पक्षमा हेर्दा उहाँ एकदमै सरल हुनुहुन्छ । उहाँमा केटाकेटीदेखि वृद्धवृद्धासँग सम्म पनि मिल्न सक्ने गुण छ । मान्छेसँग प्रस्तुत हुँदा र छलफल गर्दा अति सहज र सरल नै हुनुहुन्छ । बुझ्नेगरी कुरा गर्नुहुन्छ ।

अनि सासु–ससुरासँग एउटी बुहारीको नाताले कस्तो सम्बन्ध रह्यो नि ?

म पन्ध्रवर्षको उमेरमा विवाह गरेर आएकी थिएँ । त्यसबेला त बाहुन समाज भनेको सामन्ती संस्कारमा लिप्त थियो । त्यसमा पनि म सानीमान्छे, दस–बाह्रजनाको जहान हुन्थ्यो । भाँडा माझ्ने काममा र चुल्होमा म एक्लै पर्दथ्यो । जब सुत्ने बेला हुन्थ्यो, अनि म सोच्थें, म बिहान उठ्न सक्छु कि सक्दिनँ ? बिहान उठेर दैलो पोत्न सकिनँ भने के गर्ने ? एउटा पन्ध्रवर्षकी बच्चीलाई परेको असर हो यो । असाध्यै कष्टसाध्य जीवन बाँचेर हुर्केर आएकी महिला हुँ म । अहिले हेर्दा त एक ढङ्गको नयाँ अनुभूति भइरहेको छ ।

उहाँ पूर्णकालीन सदस्य भएपछि बच्चाहरू हुर्काउने जिम्मा पनि तपाईंकै काँधमा बढी प¥यो होला, होइन ?

उहाँ पूर्णकालीन सदस्य भएपछि त्यो बोझ त पूरै मलाई नै भयो । हामी समग्र परिवारमा हुँदा उहाँले गोरखाको आरुघाटमा अढाइ वर्षजति पढाउनुभयो । यो स्वार्थी समाजमा छोराले कमाउन्जेलसम्म राम्रा गर्ने हुन्थ्यो । बुहारी, छोराछोरी, नाति, नातिना सबै ठीकै हुन्थे । जब उहाँ पूर्ण रुपमा राजनीतिमा होमिनुभयो, तब पैसा पनि भएन । बुहारी पनि पार्टीमै हिड्छे भनेपछि त समस्या भइहाल्यो ।

उहाँ पूर्णकालीन भएपछि पुलिसले सताउन थाले । त्यसपछि परिवार छुट्टियो । यस क्रममा पाँचवर्षजति मलाई भयङ्कर समस्या भयो । त्यतिबेला छोराछोरी साना–साना थिए । छोरा प्रकाश २०३८ सालमा जन्मिएको हो । छुट्टिनेबेला पाँचमहिनाको मात्रको थियो ऊ । यता माइतको भैंसी, घरबाट पाएको दुइटा भैंसी, खेतीपाती हेर्नुपर्ने अनि उता बच्चाबच्ची स्याहार्नुपर्ने, यसले गर्दा मलाई एकदम दुःख थियो ।

त्यस्तो बेला पार्टीले सहयोग गरेन त ?

त्यो बेला पार्टीमा पनि मोहनविक्रमको नेतृत्व थियो । त्यो बेला महिलाले जतिसुकै दुःख गरेपनि घरै धान्नुपर्ने, जसरी पनि महिलालाई बच्चा जन्माउने मेसिन हो, पुरुषलाई मात्र स्वतन्त्रतपूर्वक छाड्नुपर्छ भन्ने धारणा थियो पार्टीभित्र । त्योबेला म उहाँलाई भन्थें, श्रीमान् र श्रीमती भनेको एउटा रथका दुईपाङग्रा हो भने श्रीमान्ले् गर्न सक्ने जुनसुकै काम श्रीमतीले पनि गर्न सक्छ । पढ्नलाई र राजनीतिक रुपले त्योबेला पछाडि नै भएपनि म शारीरिक श्रम त गर्न सक्छु । त्यसैले पार्टीमा महिलालाई अगाडि बढाउने हो भने पुरुषले पनि सहयोग गर्नुपर्छ, पढाइ र राजनीतिमा पनि अगाडि बढाउने वातावरण बनाउनुपर्छ । म सुरुदेखि नै उहाँसँग यसरीे नै प्रस्तुत हुँदै आइरहेकी छु । उहाँ भन्नुहुन्थ्यो ‘तिमीले भनेको ठीक हो’ । पछि विस्तारै पार्टीमा महिला उभार आउन थाल्यो । त्यसमा मैले पनि भूमिका खेलेकी छुजस्तो लाग्छ ।

कहिलेदेखि पारिवारिक जीवन सहज हुन थाल्यो ?

जब उहाँ पूर्णकालीन सदस्य भएर राजनीतिमा लाग्नुभयो, त्यसपछि मलाई धेरै सरल र सहज हुँदै आयो । उहाँसँग त मेरो त्यस्तो समस्या भएन तर परिवारमै हुँदा त त्यो खालको कष्ट भइहाल्थ्यो ।

अहिले कस्तो महसुस भइरहेको छ ?

अहिले खासै त्यसो फरक लाग्दैन । काम गरिएको थियो, त्यसकै फल मिलेकोजस्तो लाग्छ । त्यो बेला देश र जनताका लागि गर्दै जानुपर्छ, गर्दै जाँदा भए होला, नभए पनि केही छैन भनेर लागियो । अहिले भने केही सन्तुष्टि मिलेको छ ।

मैले पार्टीमा एकता कायम हुनुपर्छ भनेर खेलेको भूमिका पार्टीबाहिर र भित्र दुवैतिर थाहा भइसकेको कुरा हो । त्योबेला मैले आफूले कुनैपनि हालतमा पार्टी फुट्नुहुँदैन, एकता हुनैपर्छ भनेर अध्यक्ष र डा. बाबुराम भट्टराई दुवैलाई दबाब दिएकी थिएँ । चुनवाड बैठकभन्दा अघिल्लो बैठक……मा म बिरामी थिएँ । म भारतमा उपचाररत थिएँ । पार्टीभित्र कच्याकुच्युक त पहिलादेखि नै भइरहेको थियो । त्यो बैठकमा धेरै नै विवाद भयो रे भनेपछि मलाई एकदम चिन्ता लाग्न थाल्यो । म नगएर गल्ती गरिछु भन्ने लाग्यो ।
अध्यक्षलाई शारीरिक रुपमा केही समस्या भएको छ कि छैन । उहाँको स्वास्थ्य कस्तो छ ?

त्यस्तो त खासै केही छैन । उच्च रक्तचाप छ । जनुयुद्धको बेला पहिला त्यस्तो केही समस्या थिएन । काठमाडौं आएपछि तीनमहिनापछि त्यस्तो समस्या देखिएको हो । यहाँ आएपछि नियमित खान पाउनुभएको छैन । कहिले कहाँ, कहिले कता यस्तै भइरहन्छ ।

पहिले त उहाँ पातलो हुनुहुन्थ्यो, अहिले मोटो हुनुहुन्छ त ?

उसबेला त दुब्लो पातलो नै हुनुहुन्थ्यो । बुढेसकाल लागेपछि मोटाउन थाल्नुभएको हो । उहाँको तौल त ठ्याक्कै थाहा छैन ।

भनिन्छ, पार्टीमा अन्तरसङ्घर्ष हुँदा पार्टी फुट्नबाट जोगाउन तपाईंको पनि ठूलो भूमिका रह्यो । यहाँले कस्तो भूमिका खेल्नुभएको थियो ?

मैले पार्टीमा एकता कायम हुनुपर्छ भनेर खेलेको भूमिका पार्टीबाहिर र भित्र दुवैतिर थाहा भइसकेको कुरा हो । त्योबेला मैले आफूले कुनैपनि हालतमा पार्टी फुट्नुहुँदैन, एकता हुनैपर्छ भनेर अध्यक्ष र डा. बाबुराम भट्टराई दुवैलाई दबाब दिएकी थिएँ । चुनवाड बैठकभन्दा अघिल्लो बैठक……मा म बिरामी थिएँ । म भारतमा उपचाररत थिएँ । पार्टीभित्र कच्याकुच्युक त पहिलादेखि नै भइरहेको थियो । त्यो बैठकमा धेरै नै विवाद भयो रे भनेपछि मलाई एकदम चिन्ता लाग्न थाल्यो । म नगएर गल्ती गरिछु भन्ने लाग्यो ।

उहाँले तुरुन्तै आउनुप¥यो भनेपछि गएँ । त्यहाँ गएपछि चिज गडबड भएको थाहा भयो । पासाङ र विप्लवहरूलाई थाहा छ, मैले ‘यसरी जानुहुँदैन, जसरी हुन्छ, पार्टी बचाएर लानुपर्छ’ भन्थें । श्रीमान््को नाताले अध्यक्षलाई त आफूले सकेको बुद्धि दिन्थे । पार्टी फुटेर गइहाल्यो भने पनि पार्टीभित्र झन् नराम्रो मान्छे आउँछ भन्ने ढङ्गले सम्झाउँथें । अनि बाबुरामजीलाई पनि भन्थेंं, ‘माओवादीले गर्दा संसार पनि हल्लिएको छ । तर तपाईंहरू झिनामसिना कुरामा अड्किएकोजस्तो लाग्यो मलाई । तपाईंको पनि गल्ती छ । उहाँले पनि थोरै कमजोरी गर्नुभएको छ ।’

म जे देख्छु, त्यही भन्छु भनेर अध्यक्ष र बाबुरामजीलाई कुरा राख्थें । चुनवाङमा केन्द्रीय कमिटी बैठकमा म पनि गएकी थिएँ । त्यो बेला मैले भनेकी थिएँ, ‘चिज बिग्रिएको छ, दुवैजनाले गल्ती गर्नुभएको छ । दुवैतिरबाट सच्चिएर पार्टी बचाएर लानुपर्छ । कुनै हालतमा पनि पार्टीलाई फुटाउन पाइँदैन ।’ मैले यसरी कुरा राखें, ‘यत्रो जनताको रगत बगिसकेको छ । तपाईंहरूको के हो यस्तो ताल ? यस्तो गर्न पाउनुहुन्न । यस्तै गर्ने हो भने त तपाईंहरूलाई जनता र विदेशी मित्रहरूले पनि छाड्दैनन् ।’

अहिलेसम्म जनयुद्धमा अध्यक्ष प्रचण्डलाई सुरक्षित राख्न र नेतृत्वलाई विकास गर्न कसरी सहयोग पु¥याउनुभयो ?

मेरो सहयोग कस्तो रह्यो भन्ने कुरा पार्टी र उहाँलाई थाहा छैन । मलाई लाग्छ, मैले उहाँलाई धेरै सहयोग गरें । जनयुद्ध सुरु हुनुभन्दा पहिला पनि घरपरिवार, छोरा÷छोरी सब त्यागेर यो पार्टीमा जसरी लाग्दै आएँ र जनयुद्धमा पनि म उहाँसँगसँगै छु । प्रायः एकाध दिन छुट्टिएँ होला । हरेक ठाउँमा मैले धेरै भूमिका खेलेको छु ।

तपाईंले नै उहाँलाई सुरक्षित गराएका घटनाहरू उल्लेख गरिदिनु न ?

त्यस्ता घटनाहरू त धेरै छन् । ठ्याक्कै मेरो बलले उहाँलाई बचाएका मुख्यतः दुइटा घटना छन् । एकपटक सातवर्षअगाडि अल कायदाको भारतमा खुब चर्चा र खोजी भइरहेको थियो । उहाँ र म दिल्लीबाट गोरखपुर आउँदैथियौं । रेलको एउटा सिटमा हामी दुईजना सुतेर आएका थियौं । एउटाको टाउको अर्कोको खुट्टा यता बनाएर, उल्टोपाल्टो हुँदै । त्यहाँ इण्डियन प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो । उहाँले हाम्रो ठूलो झोलामा माओवादी डकुमेण्ट, पुस्तक र लेखहरू राखेर ल्याउनुभएको थियो ।

मैले दिल्लीमा नै उहाँलाई भनेकी थिएँ, ‘अहिले किताबहरू नलैजाऔं । हाम्रो स्टाफ पछि आउँदै हुनुहुन्थ्यो । बाइचान्स चेक भयो भने सबै पर्छ । तपाईं नबोक्नुस् ।’ यति भन्दाभन्दै उहाँले लिएर आइहाल्नुभयो केही हुन्न भनेर । उहाँले रेलमा ती सबै सामान सिरानीमा हालेर बस्नुभएको थियो ।

इण्डियामा रहँदा दुनियाँ नाटक गरेर बस्नुपर्दथ्यो । म पनि प्रायः हातभरि चुरा, गहना वा त्यस्तै पहिरन लगाएर हिँड्थे । माओवादी महिलाहरुजस्तो ‘सिम्पल’ भएर हिँड्नुको सट्टा गृहिणी महिलाजस्तो भएर हिँड्थें, त्यो जोगाउन गरिन्थ्यो । रेलमा बीचका सबै मान्छेको चेक गरियो । म निन्द्रामा रहेछु । चेक गरेको थाहा पाएर म बिउँझिएँ । यसो हेर्छु त पुलिसले सारा झोला, खल्ती र चेक गरिराखेको छ, अरुलाई उठाइरहेको पनि छ । फेरि त्यही बेला उहाँले जुँगा पनि पाल्नुभएको थियो । दाह्री पनि लामो भइसकेको थियो । मुख्यतः मुसलमानहरुले दाह्री पाल्ने, दाह्री–जुंगा भएका मुसलमानहरुकै खोजी भइरहेको थियो । त्यसपछि मलाई कस्तो भयो भने के गर्ने के नगर्ने ? उहाँ त तन्ना ओढेर सुतिरहनुभएको थियो । खुट्टाले झक्झकाएर सङ्केत गरें, ‘तपाईंं चुप लागेर सुत्नुहोस् ।’ त्यो सङ्केत पाएपछि उहाँले बुझ्नुभो । म गृहिणी महिलाजस्तो यता–उता गर्दै बसें । त्यसपछि सबैलाई चेक गर्दा पनि हामीलाई गरेन र बल्लतल्ल बचियो ।

अर्को त्यस्तै घटनामा २०६० सालमा सुरेश आलेमगर र मातृका यादव पक्राउ भएको बेला थोरै संयोगले उहाँलाई बचाइएको छ । घटना दिल्लीकै हो, त्यहाँ हामी सँगै थियौ । साथीहरूसँग कुरा गरेर डेरामा फर्किंदै गर्दा साँझ परिसकेको थियो । उहाँले ‘म त सुरेश आलेको डेरामा जान्छु, मातृका पनि आउनुभा’को छ, कुराकानी गर्नुछ’ भन्नुभयो । मैले ‘राति भइसक्यो अहिले नजानुहोस्’ भनेँ । दुई/तीनपटक जुत्ता लगाउँदै बाहिर जाँदै गर्नुभयो । मैले कराएको कराई गरेपछि फर्केर भित्र कोठामा आउनुभयो ।

बमबारी हुनुभन्दा पाँचदिनअगाडि पासाङलाई पनि भनेकी थिएँ, अब यहाँ त बस्नुहुन्न है बाबु ! त्यसपछि उहाँहरूले ‘ठीक हो’ भनेर सरेको दुई रातमात्र भएको थियो, बमबारी गरिहाल्यो ।
भोलिपल्ट बिहान ९ बजेको थियो होला । उहाँले ‘म जान्छु’ भन्न थाल्नुभयो । मलाई के लागेको थियो भने सुरेशजी त यता–उता भाषण गर्दै हिडिराख्ने मान्छे, त्यहाँ सुरक्षित नहुनसक्छ । त्यसैले श्रीमान्लाई सम्झाउने तरिकाले कुरा गरेँ । ‘उहाँहरू कोठामा हुनुहुन्छ कि हुनुहुन्न, त्यो बुझेर मात्रै जानुपर्छ भनें । त्यसपछि उहाँले स्टाफलाई फोन गरेर सुरेशजीकहाँ बुझ्न लगाउनुभो । पहिलोपटक जाँदा नभएको खबर लिएर साथी आउनुभएछ । दोस्रोपटक बादलजीको स्टाफलाई पठाउँदा त त्यहाँको चिया पसलेले भनेछन्, ‘ती मान्छेहरूलाई त बेलुकै पुलिसले लगिसक्यो ।’

त्यसरी यी दुइटा घटनामा म नजिकबाट सामेल भएको छु ।

–रोल्पाको डाँडागाउँमा पनि अध्यक्ष रौंरौंले बच्नुभएको रहेछ, होइन ?

रोल्पामा त जनताकोमा बस्ने गर्दथ्यौं । त्यहाँ हामी बसेको घरमा बमबारी पनि ग¥यो । त्यहाँ पनि मैले चेतावने काम अलि पहिलेदेखि नै गरेकी थिएँ । उहाँहरुलाई भन्थें, ‘अब हामी यहाँ नबसौं । यहाँ बसिएको लामो समय भइसक्यो । जनताहरू सदरमुकाम आउँछन्, जान्छन् । त्यो भएपछि लिक हुनसक्छ, खतरा हुनसक्छ ।’

बमबारी हुनुभन्दा पाँचदिनअगाडि पासाङलाई पनि भनेकी थिएँ, अब यहाँ त बस्नुहुन्न है बाबु ! त्यसपछि उहाँहरूले ‘ठीक हो’ भनेर सरेको दुई रातमात्र भएको थियो, बमबारी गरिहाल्यो ।

जनयुद्धको बेला आफू पनि मारिन्छ कि भन्ने डर वा चिन्ता केही भएन ?

त्यस्तो भएन । मलाई के भयो कुन्नि, त्यस्तो डर लागेन । तर पनि मान्छे भएपछि डरै नलाग्ने कुरा पनि भएन । बमबारी हुँदा वा दुस्मनको नजिक पर्दा मलाईभन्दा पनि उहाँलाई केही भइहाल्यो भने के होला ? देश र जनता आज यो ठाउँमा आइपुगेको छ । पार्टीभित्रको अन्तरद्वन्द्व पनि सबै बुझिएको छ । उहाँको अनुपस्थितिमा जनता पनि टुहुरा हुन्छन् । त्यसैले उहाँलाई केही हुनुहन्न भन्ने खालको बढी चिन्ता थियो ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180