Aawaj Nepal
Aawaj Nepal

दिल्ली क्यापिटल्ससँग पराजित हुँदै बाहिरियो सनराइजर्स हैदरावाद


आवाज नेपाल, २०७६ वैशाख २६ बिहीबार


दिल्ली क्यापिटल्ससँग पराजित हुँदै बाहिरियो सनराइजर्स हैदरावाद

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को क्वालिफायरमा छनोट भएको छ । गएराति भएको प्ले अफ् खेलमा सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै दिल्लीले फाइनल प्रवेशको सम्भावना बलियो पारेको हो ।

दिल्लीले अब फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

हैदरावादले दिएको १६३ रनको मध्यम लक्ष्य दिल्लीले अन्तिम ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । दिल्लीका लागि सुरुवाती ब्याट्सम्यान पृथ्वी शाले ५६ रन जोड्दा ऋषभ पन्तले ४९ रन जोडे । हैदरावादका खलील अहमद र रसिद खानले समान २–२ विकेट लिए ।

विजेता टोली दिल्लीले फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दा पराजित टोली हैदरावाद प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा चेन्नइलाई पराजित गर्दै मुम्बई इन्डियन्स फाइनलमा प्रवेश गरिसकेको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180