Aawaj Nepal
Aawaj Nepal

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ


आवाजनेपाल, २०७६ वैशाख २४ मंगलबार


बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ

बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उनकी पत्नी मेगन मार्कलले बालकलाई जन्म दिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैले सञ्चारमाध्यमहरूलाई जानकारी गराएका थिए ।

सोमबार सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिएका राजकुमार ह्यारीले आफू आजदेखि पिता भएको बताएका थिए ।

उनले आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था अत्यन्त राम्रो रहेको र पिता भएकोमा आफूलाई नौलो अनुभव भएको पनि बताए ।

सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उनीहरूले गत वर्ष वैवाहिक जीवनमा परिणत गरेका हुन् । अमेरिकी टेलिभिजनको टेलिशृङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा संलग्न थिइन् ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180