Aawaj Nepal
Aawaj Nepal

बर्ड फ्लुले नेपालमै लियो एकको ज्यान, २१ वर्षीय युवकको मृत्यु


आवाज नेपाल, २०७६ वैशाख १९ बिहीबार


बर्ड फ्लुले नेपालमै लियो एकको ज्यान, २१ वर्षीय युवकको मृत्यु

काठमाडौं । नेपालमा बर्ड फ्लुबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले बर्ड फ्लुबाट एक जना नेपालीको निधन भएको जनाएको हो । नेपालमा पहिलो पटक वर्ड फ्लुबाट मृत्यु भएको पुष्टि भएको हो ।

वैशाख १५ गते बर्ड फ्लुका कारण मृत्यु भए पनि पुष्टी भने १७ गते भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै पहिलो पटक यस रोगबाट नेपालीको मृत्यु भएको जानकारी दिएकी हुन् । उनका अनुसार मृत्यु हुने २१ वर्षीय युवक हुन् ।

यद्यपि, यस्ता घटनामा पीडितको पहिचान खुलाउने परम्परा नभएकाले घटनाका कहाँको हो भन्न मन्त्रालयले चाहेन ।

जनस्वास्थ्य कार्यालयमा चेक गर्दा बर्ड फ्लु भएको देखिएको थियो ।

त्यसपछि स्वास्थ्य मन्त्रालयले जापानको एक ल्यावमा परीक्षण गरी घटना पुष्टि भएको रिपोर्ट गत मंगलवार आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180