Aawaj Nepal
Aawaj Nepal

समाजिक कार्य गर्दै कंगारुले मनायो १२ औं बार्षिकोत्सव


आवाजनेपाल, २०७६ वैशाख १७ मंगलबार


समाजिक कार्य गर्दै कंगारुले मनायो १२ औं बार्षिकोत्सव

काठमाडौं – कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो १२ औं बार्षिकोत्सवलाई सामाजिक कार्यमा समर्पित गरेको छ । मंगलबार परेको बार्षिकोत्सवका अवसरमा रत्तदान कार्यक्रम तथा गरिव विद्यार्थीहरुलाई शैेक्षिक सामाग्री वितरण गरेर आफूलाई समाजवेवामा समर्पित गरेको हो ।

कंगारुको केन्द्रीय कार्यलय पुतलीसडकमा आयोजना गरेको रत्तदान कार्यक्रममा २० जनाले रत्तदान गरेको जनाइएको छ । कार्यक्रममा कार्यालयका स्टाफ, विद्यार्थी लगायतले रत्तदान गरेको कंगारु एजुकेशन फाउडेशनले जनाएको छ । विद्यार्थीहरुलाई विदेशमा अध्ययनका लागि परामर्श दिदै आएको उक्त एजुकेशन कन्सल्टेन्सीले नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा रत्तदान कार्यक्रमको आयोजना गरेको हो ।

IELTS, TOEFL, PTE, SAT को तयारी समेत गराउँदै आएको कंगारुले सामाजिक उत्तरदायित्व अन्तरगत गरिव बालबालीकाका लागि शैक्षिक सामाग्री पनि हस्तान्तरण गरेको छ । हार्डविट नामक सामाजिक संस्थामा आश्रय लिइरहेका बालबालीकाका लागि स्कुल ब्याग, प्यान, प्यान्सिल, नोटबुक लगायत खेलौनाहरु पनि वितरण गरिएको कंगारु एजुकेशन फाउण्डेशनका प्रबन्धनिर्देशक महेशबाबु तिमल्सिनाले बताए ।

हरेक बर्ष सामाजिक उत्तरदायीत्व अन्तरगत खर्च गर्दै आएको कंगारुले यो बर्ष हार्डविट नामक संस्थामा आश्रय लिएर बसेका ३० जना बालबालीकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । अध्ययनका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरीका तथा युरोपका विभिन्न देशहरुमा विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको कंगारुले ‘भविश्य उज्वल छ अभियान’ अन्तरगत शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

अष्ट्रेलिया लगायत देशभर ८ ओटा शाखा मार्फत सेवा दिदै आएको कंगारुले विद्यार्थीहरुलाई भरपर्दो परामर्श सेवा दिदै आएको छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180