Aawaj Nepal
Aawaj Nepal

वैशाख १६ गते बोलाइयो संसद अधिवेशन, २० गते राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने


आवाज नेपाल, २०७६ वैशाख ८ आइतबार


वैशाख १६ गते बोलाइयो संसद अधिवेशन, २० गते राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन वैशनाख १६ गतेका लागि बोलाइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि बजेट अधिवेशन अर्थात संसदको वर्षे अधिवेशन आह्वान गरेकी हुन् ।

वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ । संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ ।

त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ । यसवर्ष वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180