Aawaj Nepal
Aawaj Nepal

कुलमानकै कारण प्राधिकरणले गर्यो झण्डै तीन अर्ब कमाई


आवाज नेपाल, २०७५ चैत २९ शुक्रबार


कुलमानकै कारण प्राधिकरणले गर्यो झण्डै तीन अर्ब कमाई

नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा २ अर्ब ८४ करोडभन्दा बढी रुपैयाँ नाफा गरेको छ । प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि मुलुकमा लोडसेडिङ अन्त्यका साथै संस्थाको आर्थिक जीवनमा पनि सुधार देखिएको हो ।

महालेखापरीक्षक कार्यालयको लेखापरीक्षण प्रतिवेदनअनुसार कार्यकारी घिसिङको नेतृत्वमा प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।

गत वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालु सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको भन्दै महालेखाले विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको जनाएको हो ।

घिसिङ आफैले आर्थिक वर्ष २०७४/७५मा १ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन हुने प्रक्षेपण गरेकामा महालेखाको परीक्षणमा भने प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो ।

जगेडा तथा संचित कोषतर्फ भने २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक आव २०७२/७३मा भने यो रकम २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो ।

८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेका बेलामा घिसिङ २०७३ भदौमा प्राधिकरणमा कार्यकारी निर्देशक बनेर गएका थिए ।

प्रशासनिक, वित्तीय सुधार र विद्युत चुहावट नियन्त्रण गर्दै घिसिङले आव २०७३/७४मै प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ नाफा गर्न सकेको थियो ।

महालेखाका अनुसार प्राधिकरणको शेयर पूँजी १ खर्ब २ अर्ब ४४ करोड, दीर्घकालीन दायित्व १ खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालु दायित्व ८४ अर्ब ७७ करोड ८० लाख समेत कुल पुँजी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ रहेको छ ।

महालेखाले विद्युत चुहावट २० दशमलव ४५ प्रतिशतमा झरेको पनि जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २ दशमलव४५ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष २२ दशमलव ९० प्रतिशत विद्युत चुहावट थियो ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180