Aawaj Nepal
Aawaj Nepal

हजारौ सिके राउत जन्मन्छन्: राजेन्द्र महतो


आवाजनेपाल, २०७५ चैत २९ शुक्रबार


हजारौ सिके राउत जन्मन्छन्: राजेन्द्र महतो

काठमाडौँ– राजपा नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीको उखान टुक्काले समृद्धि नआउने बताएका छन् । ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतोले दुई तिहाइको सरकारले जनताका काम गर्न नसकेको भन्दै सरकारले ‘ठिकठाक’ छ भनेपनि सुशासन कायम नभएको बताए ।

उनले विद्यार्थीहरुलाई आन्दोलन गर्दा गडबड हुनसक्छ भन्दै रेशम चौधरीले पहिचानका लागि आन्दोलन गर्दा सरकारले जेलमा कोचेकाले होस गरेर मात्रै आन्दोलन गर्न सुझाव दिए । वर्तमान सरकारले कसैलाई प्रतिवनध लगाउने र कसैलाई समातेर थुन्ने गरिरहेको भन्दै देश विखण्डनको माग गर्ने सिके राउतसँग दोस्ती गरेर मधेसमा पठाउनुमा पनि गडबड रहेको बताए ।

‘अब हजारौ सिके राउत जनमन्छन्’ महतोको भनाइ थियो । उनले जनताको समस्या समाधान गर्न आन्दोलनको विकल्प नभएको भन्दै आफुहरुले शुक्रबारबाट आन्दोलनको ‘टेलर’ सुरु गरेको बताए ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180