Aawaj Nepal
Aawaj Nepal

दाल भात तरकारीको बबाल ट्रेलर


आवाजनेपाल, २०७५ चैत २९ शुक्रबार


दाल भात तरकारीको बबाल ट्रेलर

वैशाख २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । युटुबबाट सार्वजनिक भएको ट्रेलरमा विशेषगरि मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई फोकस गरिएको छ । चलचित्र ‘दाल भात तरकारी’ मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका हुन् । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

चलचित्रको ट्रेलरमा अमेरिका जानका लागि हुने दौडधुपलाई कमेडीको माध्यमबाट उठाइएको छ । अमेरिका जानका लागि जुनसुकै हतकण्डा अपनाउन पनि पछि नपर्ने एक परिवारको कथा यो चलचित्रमा देखाइएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा बस्नेत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा मित्र डी गुरुङको समपादन, शम्भुजित बास्कोटाको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180