Aawaj Nepal
Aawaj Nepal

चार दिनमा ६४ जनाले लिए मलेसियाका लागि श्रम स्वीकृति


आवाजनेपाल, २०७५ चैत २९ शुक्रबार


चार दिनमा ६४ जनाले लिए मलेसियाका लागि श्रम स्वीकृति

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेसिया जाने कामदारका लागि खुला गरेपछि चार दिनमा ६४ जनाले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपछि कार्यालयले चैत २५ गतेदेखि श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए ।

‘सरकारले खुला गरेपछि मलेसिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ’, उनले भने । सरकारले गत जेठदेखि मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उनी बताउँछन् । मलेसियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन् । भिसा पाएका सम्पूर्ण कामदारलाई नियमित रुपमा श्रम स्वीकृति दिइने बताइएको छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180