Aawaj Nepal
Aawaj Nepal

छुटमा परेका भूकम्प प्रभावितलाई अन्तिम मौका


आवाजनेपाल, २०७५ चैत २९ शुक्रबार


छुटमा परेका भूकम्प प्रभावितलाई अन्तिम मौका

काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी अनुदान पाउनबाट छुट भएकाहरुलाई अन्तिम मौका दिने भएको छ ।

भूकम्पपछि घर भत्किएका प्रभावितले वैशाख मसान्तसम्म आफ्नो घरको सर्वे गराउन पाउने समयसिमा तोकिएको छ ।

गत चैत १५ देखि वैशाख मसान्तसम्म भूकम्प प्रभावित जिल्लाहरुमा स्थलगत लगत संकलनको काम भइरहेकोले आफ्नो वडामा खटिएका प्राविधिकहरु मार्फत स्थलगत लगत संकलन गराउन प्राधिकरणले भनेको छ ।
शुक्रबार विभिन्न सञ्चार माध्यमहरुमा सूचना प्रकाशन गर्दै स्थानीय तहमा खटिएका प्राविधिक, सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई वा सम्वन्धित स्थानीय तहमा सम्पर्क राख्न आग्रह गरेको छ ।

प्राधिकरणले हालसम्म ३ लाख ८२ हजार ४३ घर निर्माण सम्पन्न भएको ६ लाख १२ हजार १ सय ५२ घर निर्माणाधीन अवस्थामा रहेको जनाएको छ ।

भूकम्पपछि निजी घर निर्माणका लागि प्राधिकरणले अति प्रभावित १४ जिल्लामा ६ लाख ६३ हजार १४ र कम प्रभावित १८ जिल्लामा ९२ हजार ८ सय ८४ परिवारलाई पहिलो किस्ताको ५० हजार अनुदान दिएको थियो ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180