Aawaj Nepal
Aawaj Nepal

‘यु–१९’ विश्वकप छनोट अन्तर्गत नेपालद्वारा सिंगापुर २१७ रनले पराजित


आवाजनेपाल, २०७५ चैत २९ शुक्रबार


‘यु–१९’ विश्वकप छनोट अन्तर्गत नेपालद्वारा सिंगापुर २१७ रनले पराजित

नेपालले ‘यु–१९’ विश्वकपअन्तर्गत एसिया छनोटको पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दैै प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २८२ रनको योगफल खडा गरेको थियो । २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरले नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनका कारण ६५ रनमा सीमित रह्यो ।

सिंगापुरलाई सस्तोमै समेट्न पवन शर्राफले तीन विकेट लिए । ६ ओभर बलिङ गरेका उनले मात्र पाँच रन दिएका थिए । त्यस्तै कुशल मल्ल र सुर्य तामाङले दुई–दुई विकेट लिए । रशिद खानले एक विकेट हात पारे ।

कसिलो बलिङ गरेका नेपाली बलरहरुले १२ ओभर मेडन राखेका थिए । पवन शर्राफ एक्लैले पाँच ओभर मेडन राखे । कुशल मल्लले तीन, सुर्य तामाङले दुई र रशिद खान तथा सागर ढकालले एक–एक ओभर मेडन राखे ।

सिंगापुरका लागि इशान सवनेले २८ र साइ भेनुगोपालले १८ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि नेपालका लागि रोहितकुमार पौडेलले कप्तानी पारी खेल्दै ९५ रन बनाए । त्यस्तै रशिद खानले ४८ र पवन शर्राफले ४७ रन बनाएका थिए ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180