Aawaj Nepal
Aawaj Nepal

गोदावरी म्याराथनको उपाधि नेपाली सेनाका जैशीलाई


आवाजनेपाल, २०७५ चैत २९ शुक्रबार


गोदावरी म्याराथनको उपाधि नेपाली सेनाका जैशीलाई

नयाँ वर्षको अवसर पारेर अत्तरियामा आयोजना भएको एभरेष्ट एकेडेमी गोदावरी म्याराथनको उपाधि नेपाली सेनाका मोहनदेव जैशीले हात पारेका छन् । उनले अत्तरियादेखि गोदावरीसम्मको झण्डै ७ किलोमिटरको दुरी २९ मिनेट ९ सेकेण्डमा पुरा गरेका हुन् ।

जैशीलाई नगद २० हजार १ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

दोस्रो स्थानमा नेपाली सेनाकै सुशिलकुमार शाही रहे । उनले उक्त दुरी २९ मिनेट २० सेकेन्डमा पुरा गर्दै नगद १० हजार १ हात पारे । तेस्रो स्थानमा भने अत्तरियाका सुनिल सुनार रहे । उनले ५ हजार १ रुपैयाँमा चित्त बुझाए ।

अत्तरिया जेसिस र लाइन्स क्लब अफ अत्तरिया सिटीको संयुक्त आयोजनामा पहिलो पटक म्याराथनको आयोजना गरिएको हो ।

गोदावरी नगरपालिकाका प्रमुख हरि सिं साउदले म्याराथन उद्घाटन गरेका थिए । अत्तरियाबाट शुरु भएको म्याराथन गोदावरी कुम्भ बाटिकामा पुगेर समापन भएको थियो । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको प्रचार प्रसार गर्न र युवाहरुलाई स्वस्थ रहन प्रेरित गर्न म्याराथन आयोजना गरिएको अत्तरिया जेसिसका खेल संयोजक रबेन्द्र खनालले जानकारी दिए ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180