Aawaj Nepal
Aawaj Nepal

नेपालले सिंगापुरलाई दियो २८३ रनको लक्ष्य


आवाजनेपाल, २०७५ चैत २९ शुक्रबार


नेपालले सिंगापुरलाई दियो २८३ रनको लक्ष्य

नेपालले ‘यु–१९’ विश्वकपअन्तर्गत एसिया छनोटको पहिलो खेलमा सिंगापुरलाई २८३ रनको लक्ष्य दिएको छ ।

मलेसियामा जारी प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेटको क्षतिमा २८२ रन बनाएको हो ।

नेपालका लागि रोहितकुमार पौडेलले कप्तानी पारी खेल्दै ९५ रन बनाए । त्यस्तै रशिद खानले ४८ र पवन शर्राफले ४७ रन बनाए ।

१८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए । उनीहरुले तेस्रो विकेटका लागि १०८ रनको साझेदारी गरे ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180