Aawaj Nepal
Aawaj Nepal

पाकिस्तानमा बम विस्फोट, कम्तीमा १६ जनाको ज्यान गयो


आवाजनेपाल, २०७५ चैत २९ शुक्रबार


पाकिस्तानमा बम विस्फोट, कम्तीमा १६ जनाको ज्यान गयो

पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटाको हजारगञ्ज इलाकामा भएको बम धमाकामा १६ जनाले ज्यान गुमाएका छन् । स्थानीय प्रहरीका अनुसार, यो धमाका शुक्रबार बिहान करिब ८ बजे हजारगञ्ज इलाकाको तरकारी बजारमा भएको हो ।

समाचार संस्था एपीपीले यो धमाका बजार नजिकै रहेको प्रहरीको भ्यानलाई लक्षित गरेर गरिएको जनाएको छ । धमाकापछि सुरक्षाबलले इलाकालाई चारैतर्फबाट घेरेको छ । बम डिस्पोजल टोलीलाई पनि घटनास्थलमा पठाइएको छ ।

बम धमाकामा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ । प्रहरीका अनुसार, हजारगञ्जमा हजारा सिया समुदायका मानिसहरुको बाहुल्यता रहेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार, धमाकामा परेर ज्यान गुमाउने र घाइते हुनेहरुमा अधिकांश उनीहरु नै रहेका छन् ।

पाकिस्तानमा हजारा सिया समुदायलाई निशाना बनाएर पटक–पटक आक्रमण हुँदै आएको छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180