Aawaj Nepal
Aawaj Nepal

सुडानको खुसीयाली टिकेन, कर्फ्यूको अवज्ञामा फेरी हजारौँकाे प्रदर्शन


आवाजनेपाल, २०७५ चैत २९ शुक्रबार


सुडानको खुसीयाली टिकेन, कर्फ्यूको अवज्ञामा फेरी हजारौँकाे प्रदर्शन

एजेन्सी । सैन्य परिषद् पनि राष्ट्रपति ओमार अल-बशीर सत्ताको हिस्सा रहेको भन्दै हजारौँ प्रदर्शनकारी राजधानी सुडानको खार्तुमको सडकमा बसिरहेका छन्।

लामो समय सत्तामा रहेका राष्ट्रपति ओमारलाई महिनौँदेखिको सडक प्रदर्शनपछि पदच्युत गरी बिहीवार पक्राउ गरिएपछि प्रदर्शनकारीहरूले नयाँ सैन्य परिषद्ले लगाएको कर्फ्यूको समेत अवज्ञा गरेका हुन् । उनीहरुले सैन्य परिषद् पनि सोही सत्ताको हिस्सा रहेको बताएका छन् ।

ओमार अल-बशीर
प्रदर्शनका आयोजकले सैन्य मुख्यालयबाहिरको धर्ना जारी राख्न आह्वान गरेपछि बशीर पक्राउ परेको खुसियाली धेरै बेर टिक्न सकेन । सुडानको एक सरकारी सञ्चारमाध्यमले प्रकासीत गरेको आधिकारिक विज्ञप्तिमा कर्फ्यू स्थानीय समय अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म लागु हुनेछ। “आफ्नो सुरक्षाका लागि त्यसैअनुसार कदम चाल्न नागरिकहरूलाई सुझाइएको छ” ।

“सशस्त्र फौज र सुरक्षा परिषद्ले शान्ति र सुरक्षा कायम गर्न र नागरिकको रोजीरोटीको संरक्षणको ख्याल गर्न आफ्नो कर्तव्य निर्वाह गर्नेछ।” भन्ने कुरा विज्ञप्तिमा उल्लेख छ ।

खार्तुमका सडकमा मानिसहरूको भीडले झण्डा फहराउँदै फेरि सत्ता छाड्न ठूलो ठूलो स्वरमा नारा लगाइरहेका छन्। यसअघि पनि उनीहरूले अल-बशीर विरोधी नारा लगाउँदै “सत्ता छोड१” भन्ने नारा लगाएका थिए।

बिहीबार सत्ताच्युत

सन् १९८९ देखि सुडानमा बशीरले शासन गर्दै आएका थिए । त्यहाँका रक्षामन्त्रीले जनाए अनुसार बिहीबार सत्ताच्युत गरेर उनलाई गिरफ्तार गरिएको हो ।

सुडानको सरकारी टेलिभिजनमा बोल्दै रक्षामन्त्री अवाद इब्न ओउफले देशमा तीन महिनाको लागि संकटकाल लागु गरिएको बताउँदै बाँकी दुई बर्षे संक्रमणकालको जिम्मा सेनाले लिने र त्यसपछि निर्वाचन हुने बताएका छन् ।

बशीरका विरुद्ध विभिन्न विरोध प्रदर्शनहरू हुँदै आएका थिए। उनले देशमा पनि जनाएका छन्।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180