Aawaj Nepal
Aawaj Nepal

प्रधानमन्त्री, गृहमन्त्रीसहित शीर्ष नेताहरुकाे बैठक चन्द्रागिरीमा


आवाजनेपाल, २०७५ चैत २९ शुक्रबार


प्रधानमन्त्री, गृहमन्त्रीसहित शीर्ष नेताहरुकाे बैठक चन्द्रागिरीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादलसहित नेकपाका शीर्ष नेताहरु राति अबेरसम्म बैठकका चन्द्रागिरीमा रहेकाे जनाइएकाे छ ।

विशेष स्राेतका अनुसार बिहीबार राति अबेरसम्मै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री आेली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा महासचिव विष्णु पौडेललगायतका नेताहरु चन्द्रागिरीमा थिए । पार्टी एकताका बाँकी कार्यभार लगायत विषयमा उनीहरू छलफलका लागि चन्द्रागिरी डाँडामाथि उक्लिएकाे जनाइएकाे छ ।

यद्यपि बैठकका निर्णयबारे आधिकारिक जानकारी आएकाे छैन । तर स्राेतका अनुसार बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तथा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलगायतको विषयमा पनि छलफल भएकाे थियाे ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180