Aawaj Nepal
Aawaj Nepal

एकै परिवारका चार भाइ चोरीमा संलग्न


आवाज नेपाल, २०७५ चैत २९ शुक्रबार


एकै परिवारका चार भाइ चोरीमा संलग्न

काठमाडौं – उपत्यकामा चोरी तथा ठगीमा एकै परिवारका चार भाइ संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ । उनीहरुसँग चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । भने लालबहादुर घिसिङ केही महिनाअघि जेलबाट छुटेका छन् । उमेश, प्रेम, रमेश र लालबहादुर सहोदर दाजुभाइ हुन् ।

परिसरका प्रवक्ता डिएपी होविन्द्र बोगटीले एकै परिवारका चार भाइ संगठित रुपमा चोरी ठगी धन्दामा संलग्न रहेको पाइएको बताए । उनले भने, ‘चोरी कार्यमा एकै परिवारको चार भाइ संलग्न रहेको पाइयो । जसमध्ये दुई जना हाम्रो हिरासतमा छन् । एक सेन्टर जेलमा छन् । एक भने भर्खरै जेलबाट छुटेर गाउँ गएका छन् । उनीहरुले उपत्यकाभित्र संगठित भएर चोरी गर्ने गरेको पाइयो ।’ यो समाचार टेकराज थामीले नयाँ पत्रिकामा लेखेका छन् ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180