Aawaj Nepal
Aawaj Nepal

भारतमा लोकसभा निर्वाचनः कहाँ कति मत खस्यो ? (मत प्रतिशतसहित )


आवाजनेपाल, २०७५ चैत २८ बिहीबार


भारतमा लोकसभा निर्वाचनः कहाँ कति मत खस्यो ? (मत प्रतिशतसहित )

एजेन्सी– भारतीय लोकसभा निर्वाचन अन्र्तगत पहिलो चरणको मतदान सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको उक्त निर्वाचनमा पहिलो चरण अन्तर्गत ९१ सिटका लागि भएको मतदान प्रक्रिया साँझ ५ बजे समाप्त भएको हो । पहिलो चरणको मतदान १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा सम्पन्न भएको हो । मतदान प्रक्रियामा झरेको केही स्थानको मत प्रतिशत समेत सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहारमा ५०.२६ प्रतिशत, पश्चिम बंगालमा ८० प्रतिशत, उत्तर प्रदेशमा ५९.७७ प्रतिशत, उत्तराखण्डमा ४६.५९ प्रतिशत, ओडिसामा ६६ प्रतिशत, तेलंगनामा ६०.५७ प्रतिशत मत झरेको छ । त्यस्तै जम्मु काश्मिरमा ४६ प्रतिशत, सिक्किममा ५५ प्रतिशत, मणिपुरमा ७८.२० प्रतिशत, मिजोरममा ५५.२० प्रतिशत, नागाल्याण्डमा ७३ प्रतिशत मत झरेको छ । त्यसैगरी असममा ६८ प्रतिशत, मेघालयमा ६२ प्रतिशत मत झरेको जनाइएको छ । अन्य स्थानको मतपरिणाम भने आउने क्रम जारी छ ।

पश्चिम बंगालमा झडप
मतदानका क्रममा पश्चिम बंगालको कूच बिहारमा झडप भएको जनाइएको छ । सो झडपमा राज्यको सत्तारुढ दल टीएमसीका कार्यकर्ताहरुको हात रहेको भाजपाले आरोप लगाएको छ । यद्यपि, सो आरोपको टिएमसीले खण्डन गरेको छ ।

आन्ध्र प्रदेशमा भएको झडपमा १ जनाको मृत्यु

आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा पार्टी कार्यकर्ताहरुबीच झडप हुँदा १ जनाको मृत्यु भएको हो । राज्य सरकारको नेतृत्व गरिरहेको पार्टी तेलुगु देशम र वाइएसएर काँग्रेसका समर्थकबीच झडप भएको जनाइएको छ । यो झडपमा अन्य ४ जना घाइते भएको जनाइएको छ । आन्ध्र प्रदेशमा २५ सिटका लागि मतदान भएको थियो ।

त्यस्तै उत्तर प्रदेशमा मुजप्फरनगरमा बसपा कार्यकर्ताले मतदान कार्यक्रम रोक्ने कोसिस गरेको अरोप स्थानीय प्रशासनले लगाएको छ । उता, महाराष्ट्रको गढचिरौली जिल्लाको एटापल्लीको एक मतदान केन्द्र नजिकै विष्फोट गराएको जनाइएको छ ।

सो घटना लगत्तै केहीबेर मतदान प्रक्रिया रोकिएको र साँझ मतदान अधिकारीहरुले मतदान प्रक्रिया सुचारु गरेका थिए । सात चरणमा हुने आम निर्वाचनको पहिलो चरण सकिएको छ । बाँकी राज्य र जिल्लाहरुमा आगामी मे २३ सम्म निर्वाचन हुँदैछ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180