Aawaj Nepal
Aawaj Nepal

दिवंगत गोल्छाको अन्त्येष्टि


आवाज नेपाल, २०७५ चैत २८ बिहीबार


दिवंगत गोल्छाको अन्त्येष्टि

काठमाडौं–उद्योगी स्व.दिवाकर गोल्छाको आज अन्त्येष्टि गरिएको छ । उपचारका क्रममा भारतको चेन्नेइमा निधन भएका उद्योगी तथा पूर्वसांसद गोल्छाको मारवाडी समुदायको रिती अनुसार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।

गोल्छाको पार्थिव शरीर भारतबाट आज दिउँसो ३ बजे काठमाडौं ल्याइ साँझसम्म गोल्छा निवाश बुद्धनगरमा श्रद्धान्जलीको लागि राखिएको थियो । मृगौला सम्बन्धि रोगको उपचारको लागि भारत गएका गोल्छाको मंगलबार राति निधन भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छाको नेपालको औद्योगीकरणमा महत्वपूर्ण भूमिका छ । नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना पूर्वउपाध्यक्षको श्रद्धान्जली सभा भने बैशाख २ गते काठमाडौँमा गर्ने बताएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180