Aawaj Nepal
Aawaj Nepal

सरकारले बल प्रयोग गरेरै देशभरका अस्पताल संचालन गर्छः मन्त्री पण्डित


आवाजनेपाल, २०७५ चैत २८ बिहीबार


सरकारले बल प्रयोग गरेरै देशभरका अस्पताल संचालन गर्छः मन्त्री पण्डित

कैलाली । सरकार कसैको पनि दया माया नगरेर कडा रुपमा प्रस्तुत हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् ।

प्रेस क्लव धनगढीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल संचालन गर्ने बताए ।

पेशागत मर्यादा भन्दा बाहिर गएर राखेको माग पुरा नहुने बताउँदै उनले डाक्टरहरुले संघ रोज्नुको कारण साइन बोर्ड देशभर राख्ने तर आफु काठमाडौँमा बस्ने योजना रहेको आरोप लगाए ।

राष्ट्रको सामु खाएको सपथ अनुसार अगाडि नबढेमा सरकारले कारवाही गर्ने बताउदै उनले सरकारले सेवा सुविधासहित पठाएको ठाउँमा डाक्टर जानुपर्नेमा जोड दिए ।

मन्त्री पण्डितले कानुन अनुसार सरकारले डाक्टरलाई कारवाही गर्न सुरु गरिसकेको बताए ।

अब बल प्रयोग गरेर अस्पताल संचालन गर्ने बताउदै उनले डाक्टरलाई बोलाएर सबै प्रश्नको सुनुवाई सरकारले पहिले नै गरिसकेको बताए ।

देशलाई संघियतामा लैजानु सामान्य कुरा नभएको बताउँदै मन्त्री पण्डितले कर्मचारी समायोजनपछि नपुगेका स्थानिय तह तथा प्रदेशमा करारमै पनि कर्मचारी भर्ना गरेर पदपुर्ती गरिने बताए ।

Share Tweet Pin
इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180