Aawaj Nepal
Aawaj Nepal

आन्दोलनरत डाक्टरबाट वीर अस्पताल बाहिरै ओपीडी सेवा सञ्चालन


आवाजनेपाल, २०७५ चैत २७ बुधबार


आन्दोलनरत डाक्टरबाट वीर अस्पताल बाहिरै ओपीडी सेवा सञ्चालन

आन्दोलनरत डाक्टरहरुले काठमाडौँको वीर अस्पतालबाहिरै ओपीडी सेवा सञ्चालन गरेका छन् । सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर अस्पताल परिसरमा ओपीडी सेवा सञ्चालन गरेको आन्दोलनरत सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए ।

‘अस्पताल आउने सबैलाई उपचार सेवा दिन्छौँ, तर भित्र जादैनौँ, अस्पतालबाहिरैबाट’ अध्यक्ष पाण्डेले रातोपाटीसँग भने । चिकित्सकहरुले बाहिरै ओपीडी सञ्चालन गरेपछि विरामीहरुले लाइन लागेर पालोमा चेकजाँच गराएका थिए ।

अस्पतालका टेवल, कुर्सी र उपकरणहरु अस्पतालबाहिर ल्याएर विरामी चेकजाँच गरेका उनीहरुले अस्पतालको रसिद, टिकट प्रयोग नगरी चिकित्सक संघकै लेटरप्याड र छाप प्रयोग गरेका छन् ।

यसअघि वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी विभागको टिकट काटेको थियो । चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएको हो ।

प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाँडेलगत्तै आन्दोलनरत डाक्टरले बाहिरैबाट सेवा सुचारु गरेका हुन् । तर, आन्दोलनरत डाक्टरहरुले मंगलबारको बैठकले अस्पताल बाहिरै ओपीडी सञ्चालन गर्ने निर्णय गरेकाले त्यहीँ अनुसार सेवा सुरु गरेको दावी गरेका छन् ।

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै गत शुक्रबारबाट देशभरका सरकारी चिकित्सकहरुले अत्यावास्यक बाहेकका सेवा अवरुद्ध गरेर आन्दोलनलाई जारी राखेका थिए । सरकारी चिकित्सकहरुले आफुहरुलाई समायोजन गर्दा संघ अन्तर्गत नै राख्नुपर्ने मुख्य माग अघि सारेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी चिकित्सकहरुका माग जायज नभएकाले अटेर गरेर सेवा अवरुद्ध गरिरहे सरकार कारवाही गर्न बाध्य हुने चेतावनी दिएका थिए ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180