Aawaj Nepal
Aawaj Nepal

एनसेल बिक्रीको पूँजीगत लाभकर एक्जिएटाबाट उठाउ : सर्वोच्च


आवाज नेपाल, २०७५ चैत २६ मंगलबार


एनसेल बिक्रीको पूँजीगत लाभकर एक्जिएटाबाट उठाउ : सर्वोच्च

सर्वोच्च अदालतले एनसेल बिक्रीको पूँजीगत लाभकर एक्जिएटाबाट उठाउन ठूला करदाता कार्यलयको नाममा परमादेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको बृहत पूर्ण इजलाशले एक्जिएटाबाट कर असुली गर्न परमादेश दिएको हो । गत माघ २३ गते सर्वोच्चले दिएको परमादेशको आज आएको पूर्ण पाठमा करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश वितरण र शेयर बिक्रिको अनुमति नदिन भनिएको छ ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहितले दिएको निवेदनमा सुनुवाई गर्दै एनसेलको पुँजीगत लाभकर यहाँ रहेको एनसेल र एजिएटाबाट असुल्न आदेश दिएको हो । अर्का रिट निवेदक अधिवक्ता भावेश गौतमको रिट भने सर्वोच्चले खारेज गरेको थियो । ठूला करदाता कार्यलयका अनुसार एनसेलले सरकारलाई अब ४९ अर्ब ५० करोड रुपैयाँ तिर्न बाँकी छ । ६१ अर्ब रुपैयाँ करको ब्याज र हर्जना सहित ७३ अर्ब रुपैयाँ पुगेपनि एनसेलले बिलम्ब शुल्क सहित २३ अर्व ५७ करोड ४२ लाख ९० हजार रुपैयाँ कर भने सरकारी खातामा जम्मा गरिसकेको छ ।

आयकर ऐन २०५८ को दफा ५७ (१) बमोजिम लाभमा कर ब्झुाउने दायित्व एनसेल र एक्जिएटाको भएको ठहर सहित टेलिया सोनेराले आयकर तिर्न नपर्ने परमादेशको पूर्ण पाठमा उल्लेख छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180