Aawaj Nepal
Aawaj Nepal

ओलम्पिक महिला छनोट फुटबल नेपालद्धारा इण्डोनेसियालाई पराजित


आवाजनेपाल, २०७५ चैत २६ मंगलबार


ओलम्पिक महिला छनोट फुटबल नेपालद्धारा इण्डोनेसियालाई पराजित

काठमाडौं । टोकियो ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई पराजित गरेको छ ।

म्यान्मारमा जारी छनोट खेलमा यस अघिका दुवै खेलमा नेपाल र इन्डोनेसिया पराजित भएका थिए । सन् २०२० माहुने टोकियो ओलम्पिक छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले भने इण्डोनेशियालाई हराउँदै सान्त्वना जित निकालेको हो ।

आज भएको समुहको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई दुई एकले हराएको छ । नेपालको जितका सावित्रा भण्डारीले दुई गोल गरिन । उनले खेलको ३६ औं र ८९ औं मिनेटमा गोल गरिन । यता इन्डोनेसियाले ४७औं मिनेटमा एक गोल गरेको थियो ।

यो जितसँगै नेपालले प्रतियोगितामा सुखद अन्त्य गरेको छ । नेपालपहिलो खेलमा म्यानमारसँग तीन एक र भारतसँग पनि तीन एकले पराजित भएको थियो ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180