Aawaj Nepal
Aawaj Nepal

खुम्बु क्षेत्रमा पर्यटकको संख्या बढ्न थाले


आवाज नेपाल, २०७५ चैत १४ बिहीबार


खुम्बु क्षेत्रमा पर्यटकको संख्या बढ्न थाले

पर्यटकीय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा पर्यटकको संख्या बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटक दिन प्रतिदिन बढ्दै गइरहेका छन् ।

फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी ग्याल्जेन शेर्पाले बताउनुभयो । अहिले दैनिक झण्डै ४ सयको हाराहारीमा पर्यटक खुम्बु क्षेत्र आउने गरेकोे पर्यटन प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

केही दिनदेखि खुम्बुमा पर्ने सगरमाथा क्षेत्रका पदमार्गमा विदेशी पर्यटकको आवात–जावत बढेको छ । हवाई मार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान सङ्ख्या दिन प्रतिदिन बढिरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । खुम्बुमा पर्यटकको संख्या वृद्धि भएसँगै होटलहरु भरिभराउ बनेको पर्यटन ब्यवसायी एवं स्काई नेपाल ट्रेक्स प्रालिका सञ्चालक बलबहादुर दर्नालले बताउनुभयो ।

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीको व्यस्तता पनि बढेको छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180