Aawaj Nepal
Aawaj Nepal

बझाङमा चिट चोराउने भीडलाई नियन्त्रणमा लिन हवाई फायर


आवाज नेपाल, २०७५ चैत १३ बुधबार


बझाङमा चिट चोराउने भीडलाई नियन्त्रणमा लिन हवाई फायर

जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा एसईई परिक्षामा चिट चोराउने भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

बुधबार गणित विषयको परिक्षामा चिट चोराउन खोज्ने तीनजना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाउँलेहरुले ढुंगामुढा प्रहार गरेपछि फायर गरेको हो ।

बान्निचौर माविको परिक्षा केन्द्रमा चिट चोराउनेहरुको भीड लागेपछि प्रहरीले हटाउन खोज्दा उल्टै प्रहरीमाथि नै ढुङ्गामुढा प्रहार गरेपछि भीडलाई नियन्त्रणमा लिन हवाइफायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

परिक्षा केन्द्रमा व्यापक चिट चोरी हुने गरेको सूचना आएपछि आज प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, जिल्ला प्रहरी कार्यालयका डियसपी प्रविण धिताललगायतको टोली अनुगमनका लागि बान्निचौर माविको परिक्षा केन्द्रमा गएको थियो ।
ढुंगामुढा गर्ने आरोपमा पक्राउ परेका तीन जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले जानकारी दिए ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180