Aawaj Nepal
Aawaj Nepal

किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा मालपोत कार्यालयका आठ जना कर्मचारी पक्राउ


आवाजनेपाल, २०७५ चैत ४ सोमबार


किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा मालपोत कार्यालयका आठ जना कर्मचारी पक्राउ

सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा गरेको आराेपमा मालपोत कार्यालयका आठ जना कर्मचारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई पक्राउ गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिनुभयो ।

प्रहरीले कर्तव्य ज्यान मुद्दाको अनुसन्धान गर्ने क्रममा सरकारी जग्गा किर्तेको विषय जोडिएको पाइएको जनाएको छ । पक्राउ पर्नेहरूमा विगतमा मालपोतमा काम गरेका हाल अन्यत्र सरुवा भएका कर्मचारीसमेत छन । भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले पुरानो मुद्दामा अनुसन्धानका लागि प्रहरीले केही कर्मचारीलाई बोलाएको सूचना पाएको बताउनुभयो ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180