Aawaj Nepal
Aawaj Nepal

सिके राउतसँग ११ बुँदे सम्झौता १२ बुँदे दिल्ली सम्झौता जस्तै !


आवाजनेपाल, २०७५ चैत ४ सोमबार


सिके राउतसँग ११ बुँदे सम्झौता १२ बुँदे दिल्ली सम्झौता जस्तै !

काठमाडौं । सिके राउतसँग सरकारले गरेको ११ बूँदे सम्झौता पनि तत्कालिन सात दल र विद्रोही माओवादीबीचको १२ बुँदे दिल्ली सम्झौता जस्तै हुनसक्ने आशंका बुद्धिजीवी एवं नागरिक अगुवाहरुले गरेका छन् । २५ प्लस समूहले आज राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले जसरी १२ बुँदे सम्झौता नभएका मागहरु पछि थपिंदै गए र विदेशी प्रभावमा संविधान निर्माण गरियो त्यसैगरी ११ बूँदे सम्झौताको आवरणभित्र राष्ट्रहित विपरितका कामहरु हुन सक्ने भन्दै सचेत गराए । केपी ओली सरकारले आप्mनो उपलब्धी देखाउन राउत समूहसंग दुई राष्ट्रबीचको जस्तो सम्झौता गरेको आरोप पनि उनीहरुले लगाएका छन् ।

राउत पक्षलाई समान हैसियत दिएर सम्झौता गर्नु नै राज्य कमजोर भएको परिणाम भएको भन्दै वुद्धिजिवीहरुले सत्ता र विपक्ष दुवै असफल भएको आरोप समेत लगाएका छन् । नेताहरुले मुद्धा उठाईदिने तर व्यवस्थापन गर्न असफल हुने गरको भन्दै उनीहरुले त्यसबाट नेताहरुलाई मात्रै फाइदा पुगेको पनि बताए । २००८ सालदेखि उठ्दे आएको तराईवासीको मागको उचित सम्बोधन हुन नसकेको पनि उनीहरुको भनाइ थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, पूर्व सचिव डा. द्धारिकानाथ ढुंगेल, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्मा, डा. राजेश अहिराज र विवेक शाह लगायतले कार्यक्रममा धारणा राखेका थिए ।

 

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180