Aawaj Nepal
Aawaj Nepal

मन्त्रीमण्डल हेरफेरको चर्चासँगै नेताहरुको दौडधुप सुरु


आवाजनेपाल, २०७५ चैत ३ आइतबार


मन्त्रीमण्डल हेरफेरको चर्चासँगै नेताहरुको दौडधुप सुरु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोली मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुट्नु भएको छ । मन्त्री परिर्वतनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छलफल गरिसक्नुभएको छ । मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिमाण दिन असफल भएको निष्कर्ष निकाल्दै मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्री रहनुभएको छ ।
मन्त्री फेरिने छलफलसँग्ै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको निवासमा मन्त्रीहरुले पद जोगाउन दौडधुप बढाएका छन् । बालुवाटार स्रोतका अनुसार फेरिने मन्त्री र नयाँ मन्त्रीको लिष्टमा प्रधानमन्त्री ओलीले तयारी गरिसक्नुभएको छ । लगानी सम्मेलनलगत्तै अध्यक्ष प्रचण्डको सहमति लिएर फेरबदल गर्ने तयारी रहेको स्रोतको दाबी छ । याे समाचार मधुसूदन रायमाझी नेपाल समाचारपत्रमा लेखेका छन् ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180