Aawaj Nepal
Aawaj Nepal

शिकार खोज्दै आएकाे स्याल उल्टै फन्दामा, कुखुराले नै ठुँगेर मारे


आवाजनेपाल, २०७५ फाल्गुन २९ बुधबार


शिकार खोज्दै आएकाे स्याल उल्टै फन्दामा, कुखुराले नै ठुँगेर मारे

चतुर फ्याउरोले कुखुरालाई फकाएर आफ्नो गुफाभित्र लगेर उनीहरुलाई खाएको कथा त सबैले पढेकै छ होला । हाम्रो गाउँ टोलमा पनि स्यालले कुखुरा खाएको नै हेर्न र सुन्न मिल्छ । तर फ्रान्समा भने कथाले अर्कै रुप लिएको छ, अर्थात कुखुराहरु मिलेर स्याललाई मारेका छन् ।

फ्रान्सको एक कृषि स्कुलका विद्यार्थीहरुले जब कुखुरा फार्ममा लगाएको तारबारमा एउटा स्याल मरेको देखे उनीहरु अचम्म परे । घाम डुब्नेबेला स्याल कुखुराको खोरभित्र पसेको र प्रकाश नियन्त्रित ढोका भएकाले घाम डुब्नेबित्तिकै ढोका पनि बन्द हुँदा स्याल भित्रै थुनिएको हुनसक्ने कुखुरा फार्मका प्रमुख पास्कल डेनियलले बताएका छन् ।

उनले बताएअनुसार आएको स्याल खोरभित्रै बन्द भएको र यसको मौका कुखुराले लुटेकाे हाे ।

स्याल खोरभित्र थुनिएपछि कुखुराको बथानले उमाथि ठुँगेर आक्रमाण गरेका थिए र मारेका थिए । यो यस्तो पहिलो घटना भने होइन । सन २०१० सालमा पनि एसेक्सको बासिल्डेनमा ल्याजी, पोङुगो र पेकी नाम गरेका तीन ओटा कुखुराले ठूलो स्थानीय भालेको सहायतामा स्याललाई मारेका थिए ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180