Aawaj Nepal
Aawaj Nepal

पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब


आवाजनेपाल, २०७५ फाल्गुन २९ बुधबार


पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब

काठमाडौँ – नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो ।

महालेखाले स्रेस्ता उपलब्ध गराउन पटकपटक निर्देशन दिए पनि स्रेस्ता हराएको जबाफ दिई बोर्डका अधिकारीले उम्किने प्रयास गर्दै आएका छन् ।

महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक विष्णुप्रसाद रिजालले पर्यटन बोर्डमा चरम आर्थिक अनुशासनहीनता भेटिएको बताए ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180