Aawaj Nepal
Aawaj Nepal

समाजबादी फोरमको रामेछाप गोकुलगङ्गामा नामाडि र फर्पु वडा सम्मेलन सम्पन्न


आवाजनेपाल, २०७५ फाल्गुन २८ मंगलबार


रामेछाप । संघीय समाजबादी फोरम, नेपाल रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा न. ५ नामाडि र वडा न. ६ फर्पु मा वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलन बाट टिकाराम सुनुवारको अध्यक्षता मा ९ सदस्यीय ५ नम्बर वडा समिति र संजीव सुनुवारको अध्यक्षता मा १५ सदस्यीय ६ नम्बर वडा समिति निवार्चित भएका छन । सम्मेलनको अबसरमा वडा नम्बर ५ र ६ मा विभिन्न पार्टी परित्याग गरि ३५ जना संघीय समाजबादी फोरममा प्रवेश गरेका छन । फर्पु र नामाडी फरक फरक स्थानमा सम्पन्न भएको कार्यक्रममा प्रदेश नम्बर ३ सदस्य एबम गएको निर्वाचनमा प्रतिनिधि सभा सदस्य उमेदवार अमृत बहादुर सुनुवार, रामेछाप जिल्ला अध्यक्ष सोनाम तामाङ, जिल्ला पार्टी सदस्य पेशल तामाङको बिशेष उपस्थितिमा सम्मेलन सम्पन्न भएको छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180