Aawaj Nepal
Aawaj Nepal

अमेरिकाको एउटा सहर जहाँ बाख्रो बन्यो मेयर


आवाजनेपाल, २०७५ फाल्गुन २८ मंगलबार


अमेरिकाको एउटा सहर जहाँ बाख्रो बन्यो मेयर

अमेरिकाको भर्मोन्टस्थित फेयर ह्याभेन सहरमा एउटा बाख्रालाई मेयर पदमा निर्वाचित गरिएको छ ।

३ वर्षको लिंंकन नामक उक्त बाख्रोले शहरको मानार्थ मेयर पदमा चुनाव जितेको हो । फेयर ह्याभेन सहरमा कुनै पनि पाल्तु जनावरलाई मेयर बनाइएको यो पहिलो घटना हो ।

टाउन मिटिङ दिवसका अवसरमा बाख्रोलाई एक वर्षका लागि मेयर पदमा चुनिएको थियो ।

१६ वटा पाल्तु जनावरको बीचमा मेयर पदका लागि चुनाव गरिएको थियो । कुकुर, बिरालोलगायतका अन्य जनावर प्रत्यासीहरुलाई पछि पार्दै लिंकन बाख्रोले मेयर पदमा चुनाव जितेको थियो ।

मतदानका क्रममा लिंकनले १३ भोट प्राप्त गर्यो । जबकि, निकटतम प्रतिद्वन्द्वी स्याम्मी नामको कुकुरले १० भोट पायो । अन्य सबै उम्मेदवारले पाएको कूल भोट ३० थियो ।

मेयरको पदमा रहुन्जेल लिंकनले सहरमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछ ।

फेयर ह्याभेन सहरमा करिब २५ सय मानिस बस्दछन् । सहरमा कुनै पनि मानव मेयर छैन । सहर व्यवस्थापकका अनुसार नर्थ मिसिगनमा केही समयअघि यस्तै घटना भएको थाहा पाएर उनीहरुले बाख्रोलाई मेयर बनाएका हुन् । उनका अनुसार स्थानीय खेल मैदान निर्माणको लागि कोष जम्मा गर्न यो उत्कृष्ट तरिका हुन सक्दछ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180